खेल
बुटवल । रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर–१ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले हराउँदै रोहिणी–१ विजेता बनेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा नौ विकेट गुमाएर २१९ रन बनाएको थियो । २२० रनको लक्ष्य पछ्याएको रोहिणी–२ ले १६ ओभरमा नौ विकेटको क्षतिमा १७० रन मात्र बनाउन सक्यो ।
विजेतालाई ६० हजार र उपविजेता टिमलाई नगद ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९ १७:३७
प्रतिक्रिया दिनुहोस्