site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वासको मत दिँदैमा कांग्रेस विपक्षी दलबाट कट्टा हुँदैन, संविधानमा त्यस्तो छैन : बिडारी
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रियसभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन् । 

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने बताए । 

Agni Group

सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरुले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको बिडारीले बताए । उनले संविधानले विपक्षी नेताको व्याख्या गरेको भए पनि विपक्षी दलको व्याख्या नगरेको बताए  

“सरकार उसले गठन गरिदिएको भए त्यो विपक्षी हुँदैन थियो । सरकार गठन भइसक्यो, तिमीलाई मेरो यति वर्षका लागि समर्थन छ भनेको न हो । यसलाई विपक्षीरहित बनाउने उद्देश्यका साथ राजनीतिक दलले गरेको व्याख्या हो,” उनले भने, “संविधानले विपक्षी दलको व्याख्या गरेको पनि छैन । अरु कानुनमा पनि हेरियो छैन । विपक्षी दलको व्याख्या कतै पनि छैन, नेताको व्याख्या छ । विपक्षी दल भनेको को हो ? व्याख्या छैन । सरकारको विश्वास गरेको भन्दैमा विपक्षी दल हुनुबाट कट्टा हुन होइन ।”

Global Ime bank

नेपाली कांग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा नहुने उनको जिकिर छ । गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्का अधिकांश दलहरुले विश्वासको मत दिएका थिए । 

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थिएन । 

वरिष्ठ अधिवक्ता बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्णसमानुपातिक वा पूर्णप्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC