site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
जीवन त चलाउनै पर्‍यो ! (फोटोफिचर)
जोरपाटीस्थित अपांगता भएकाहरु बस्ने सेल्टरमा ह्वील चेयरमा कृष्ण खड्का । हात खुट्टा दुवै नचले पनि उनी चिउँडोको सहारामा ह्वील चेयर चलाउँछन् । हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउँछन् ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । शारीरिक अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिस धेरै छन् । जोरपाटीस्थित बीआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिविहीन र अपाङ्गता भएका पुरुष । गौशालामा व्यापार गर्दै आएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ । उनीहरु आफ्नो शारीरिक रूपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन् । 

थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिविहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जिविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिविहीन नै छन् । आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरू, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरू, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरू, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरू, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्नेलगायत काममा उनीहरू ब्यस्त छन् । न्युज एजेन्सी नेपालले शारीरिक अशक्तता भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरूको कथालाई आजको फोटो फिचरमा समेटेको छ । 
11674886514.jpg

गौशालामा व्यापार गर्दै अपांगता भएकी महिला ।

Prabhu Bank
Agni Group
NIC Asia

21674886648.jpg

जोरपाटीस्थित बीआईए इन्टिस्च्युटमा थांका बुन्दै अपांगता भएकी महिला ।

Global Ime bank

31674886740.jpg

जोरपाटीस्थित बीआईए इन्टिस्च्युटमा थांका बनाउँदै अपांगता भएका कलाकार ।

41674886831.jpg

जोरपाटीमा ह्वीलचेयर बनाउँदै अपांगता भएका दुई व्यक्ति । 

61674887083.jpg

जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालय परिसरमा वास्केट वल खेल्दै अपांगता भएका ह्वीलचेयर प्रयोग गर्ने युवा ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC