site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केपी ओली कपमा ‘ए’ डिभजिन लिगका सात क्लबले प्रतिस्पर्धा गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्ने केपी ओली कपमा आठ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । युवा संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजकसहित आठ टिमले प्रतिस्पर्धा गर्ने जनाएको हो । 

प्रतियोगितामा आयोजक युवा संघको एक टिम हुने र बाँकी सात सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लबले प्रतिस्पर्धा गर्ने छन् । केपी ओली कप २०७९ फागुन ११ गतेदेखि १७ गतेसम्म हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको उद्घाटन च्यासल फुटबल मैदानमा हुनेछ भने फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ । प्रतियोगिताको खेलहरू च्यासल र दशरथ रंगशालासँगै सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा पनि हुनेछ । यस प्रतियोगितामा एन्फाको प्रविधिक सहयोग रहने युवा संघका अध्यक्ष किरण पौडेलले बताए । 

“नेपालमा फुटबलको व्यवसायिक प्रवर्द्धनमा योगदान गर्नु र यसको माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनीतिक दलहरुलाई समेत खेलकुदमा प्रेरित गर्ने उद्देश्यले यस प्रतियोगिता आयोजन गर्न लागेका हौं,” अध्यक्ष पौडेलले भने, “युवाहरूमाझ फुटवल विकासका लागि चासो जगाउन, खेलाडीहरूको आयआर्जन वृद्धि गर्दै पलायन दरलाई कम गर्न, खेलाडीहरुको सीप विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्प्रर्धा योग्य खेलाडीहरु निर्माण गर्न यो प्रतियोगिता प्रभावकारी विश्वास लिएका छौं ।”

Global Ime bank

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रुपमा उत्कृष्ट गोलकिपर र फरवर्डाले समान  ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

साथै प्रत्येक खेलका प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ  नगद पुरस्कार जित्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC