खेल
काठमाडौं । बलात्कारको आरोप लागी धरौटीमा रिहा भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने तत्काल खेलमा फर्कने/नफर्कने बारे अन्योल छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भने नेपालको कानुनले मान्यता दिए उनलाई खेलाउन समस्या नहुने जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले आफूहरूलाई त्यस्तो जानकारी गराएको बताए ।
बिहीबार काठमाडौंमा आयोजित क्यानको पत्रकार सम्मेलनमा चन्दले भने, “सन्दीपलाई आईसीसीले नेपालको कानुनले मान्यता दिन्छ भने खेलाउन कुनै समस्या छैन भनेको छ ।”
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ १५:२६
प्रतिक्रिया दिनुहोस्