site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्ति प्रक्रियामै त्रुटि रहेको आरोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड सदस्य दाउद अन्सारीले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्ति प्रक्रियामा नेतृत्वले त्रुटि गरेको आरोप लगाएका छन् । 

अन्सारीले क्यानका अध्यक्ष, कार्यवाहक सचिवलगायत कार्यसम्पादन समितिका सदस्यहरूको विवेकीय क्षमतामाथि प्रश्न उठाएका छन् ।

“होइन यो क्यानका अध्यक्ष, कार्यबाहक सचिवलगायत कार्यसम्पादन समितिका सदस्यहरूको बुद्धि विवेकलाई वास्तवमा भएको चाहिँ के हो ? बुझ्नै गाह्रो,’’ उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यिनीहरूको अपरिपक्व कार्यशैली, गैरकानुनी निर्णयहरू, तथा अहंकारी नेतृत्वले गर्दा नेपाली क्रिकेटमा जुन कठिन परिस्थिति सिर्जना भएको छ । र, त्यस उपरान्त पनि अहिले मुख्य प्रशिक्षकको छनोटदेखि नियुक्ति गर्न चालिएको काम कारवाही हेर्दा पुनः यहाँहरूले एउटा हिन्दी उखानलाई गम्भिरतापूर्वक अनुशरण गरेको देखिन्छ । त्यो हो – हम नही सुधरेंगे ।’’

Prabhu Bank
Agni Group
NIC Asia

अन्सारीले मुख्य प्रशिक्षक छनोट समिति कसले र कहिले गठन गर्यो ? त्यसका सदस्यहरू को–को हुन् ? प्रश्न गरेका छन् ।

क्यानले २०७९ पुस २४ गते मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । त्यस्तै माघ १८ गते क्यानले आफ्नो फेसबुक पेजमा मुख्य प्रशिक्षक छनोट समितिलाई उदृत गर्दै २४ जनाको आवेदन परेको र त्यसबाट पाँच जनालाई अन्तर्वार्तामा बेलाइएको जनाएको थियो । उक्त छनोट समितिले मोन्टी देसाईको नाम मुख्य प्रशिक्षकका लागि सिफारिस गरेको छ । क्यानले माघ ११ गते मुख्य प्रशिक्षकको नाम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्विकृति लिनुपर्ने प्रकृया पूरा नगरेका कारण क्यानले बुधबार नाम सार्वजनिक गर्न सकेन । 

Global Ime bank

‘‘छनोट समितिको कार्यकारी अधिकार हुँदैन । यसले सिफारिस मात्र गर्ने हो । प्रशिक्षकको तलब, सुविधाहरू कति हुने, कार्यकाल कति हुने, यो सम्पूर्ण जानकारी बोर्डलाई कसले गराउने ?,’’ अन्सारीले थप्छन्, ‘‘कार्यकारी समितिले अनुमोदन गरे पश्चात मात्र राखेपमा स्विकृतिको लागि पठाइन्छ । तर बिडम्बना यो प्रकृयागत कार्य नगरीबजारमा भारतीय प्रशिक्षकको नामको छनोट भइसकेको हल्ला फिजाउन लगाइन्छ । हामी सदस्यहरूले प्रकृया मिलेनभन्दा यो भ्रामक खबर हो भनेर विज्ञप्ति निकालिन्छ ।’’

राष्ट्रिय खेलकुद विकास ऐनको दफा ४४ को उपदफा २ मा राष्ट्रिय खेल संघ वा प्रदेश र स्थानीयस्तरका खेल सम्बन्धी संस्था वा निकाय तथा संघले विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ संस्था, विदेशी संस्था वा व्यक्तिसँग सम्झैता गर्दा राष्ट्रिय खेलुकद परिषद्मार्फत सरकारको स्विकृति लिनु पर्ने लेखिएको छ । तर, क्यानले बुधबारसम्म राखेपबाट स्विकृति लिएको छैन । राखेपले क्यानलाई प्रकृया पूरा गर्न निर्देशन दिएको छ । 

क्यान सदस्य अन्सारीले नेतृत्वले बारम्बार गल्ती दोहर्याउनु दुर्भाग्य रहेको बताएका छन् । 

‘‘अध्यक्षज्यूले बिगतका गल्ती अब नदोहोर्याई नियम, विधि, प्रक्रियाबमोजिम क्यानका काम कारबाही अगाडि बढाउने आश्वासन दिनु त हुन्छ, तर दुर्भाग्य गल्तीहरू कै पुनरावृति,’’ अन्सारीले भनेका छन्, ‘‘क्यानको बोर्ड बैठक अविलम्ब बोलाई मुख्य प्रशिक्षकको नियुक्तिदेखि लिएर अन्य थाँती रहेका विषयमाथि छलफल गर्न अध्यक्षज्यूसँग माग गर्दछु ।’’

मुख्य प्रशिक्षक नियुक्तिका विषयमा अध्यक्ष चतुरबहादुर चन्दले पठाएको म्यासेज पनि अन्सारीले सार्वजनिक गरेका छन् । जसमा भनिएको छ, ‘‘सीडब्लूसी लिग–२ को क्याम्पको लागि एक दुई दिनमै टिम निकाल्नु पर्ने बाध्यात्मक परिस्थिति भएकाले मुख्य प्रशिक्षकको छनोट प्रक्रियापछि छनोट समितिले मेन्टी देसाईको नाम सिफारिस गरेको छ । नियुक्ति गर्नुअघि एनएससीको सहमति आवश्यक भएकाले एनएससीमा पठाउँदै छौँ । सबै साथीहरूको सहयोगको आशा गरेको छु । बाँकी सबै समीक्षा र सुधार अगामी बोर्ड मिटिङबाट हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।’’

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको खेल फागुन २ गतेबाट नेपालमै हुँदै छ । प्रतियोगिता सुरु हुन तीन साता पनि बाँकी छैन । तर, क्यानले अहिलेसम्म मुख्य प्रशिक्षकको टुंगो लगाउन सकेको छैन । आईसीसी एकदिवसीय विश्वकप छनोट तथा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नका लागि यस प्रतियोगिता महत्वपूर्ण छ । 

नेपाल २४ खेलबाट १८ अंक जोड्दै छैटौँ स्थानमा छ । नेपालको भारतमा हुने विश्वकप छनोटको सम्भावना न्यून छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि बाँकी खेल महत्वपूर्ण छ । त्यसमाथि नेपालको घरेलु मैदानमा हुने खेल अझै महत्वपूर्ण छ । तर, क्यानको लापरवाहका कारण प्रतियोगिता सुरु हुन तीन साता पनि बाँकी नहुँदा राष्ट्रिय टिम प्रशिक्षकविहीन अवस्थामा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC