site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हामी प्रतिपक्षको भूमिका गर्छौँ, सरकार ढाल्न पनि लागि पर्छौँ : शेखर कोइराला
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको विषयमा धेरै विवाद गर्न नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले यस सम्बन्धमा च्याप्टर क्लोज भएको बताए । "कांग्रेस अब प्रमुख विपक्षी हो र वेटिङ गर्भमेन्ट पनि हो," उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिले पनि कांग्रेसले साढे तीन वर्षसम्म विपक्षीको भूमिका निर्वाह गरेको भन्दै उनले अब सदनमा आफूहरु प्रमुख विपक्षी भएको र सरकार ढाल्न लाग्ने पनि बताए । भने, "हामी प्रतिपक्षको भूमिका गर्छौं सरकार ढाल्न पनि लागि पर्छौँ ।"

भर्खरै काठमाडौँमा आफूहरुले वैचारिक समूहको बैठक राख्दा त्यहाँ पनि विश्वासको मतको विषयका छलफल भएको सुनाए । त्यस विषयमा आफूले बोल्दै नबोलेको कुरालाई सञ्चारमाध्यमले उल्लेख गरेको कोइरालाको भनाइ थियो । 

Global Ime bank

उनले कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । "यस विषयमा सबै दलसँग छलफल गर्दैछौँ" उनले भने । सबैतिर वामपन्थीमात्र नहुने भन्दै राष्ट्रपति कांग्रेसको हुनुपर्नेमा आफूहरु स्पष्ट भएको बताए ।

डा. कोइरालाले युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले नेपालको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थाबारे गम्भीर प्रश्न उठेको चर्चा गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC