site stats
खेल
क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता गैरकानुनी रहेको छानबिन समितिको निष्कर्ष

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग आयोजनाका लागि साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता गैरकानुनी रहेको ठहर भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित पाँच सदस्यीय छानविन समितिले बुधबार गैरकानुनी ठहर भएको प्रतिवेदन बुझाएको हो ।

NMB Bank
Dabur nepal
Agani Group

राखेपले पुस २० गते स्पट फिक्सिङको विवाद बाहिर आउनुका साथै प्रतियोगिताका लागि विदेशी खेलाडीको श्रम स्वीकृति, प्रतियोगिता सञ्चालन सम्बन्धमा क्यानसँग आवश्यक प्रमाण र कागजात माग गरे पनि त्यसको बेवास्ता गरेको र पछिल्लो समय लिगमा विसंगति देखिएको भन्दै यसको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको थियो । 

यस्तो छ राखेप कार्यकारी समितिका सदस्य एकेन्द्र कुवरको संयोजकत्वमा गठित छानविन समितिले बुझाएको प्रतिवेदन : 
    
१ नेपाल क्रिकेट संघका सरोकार पक्षहरुबाट नेपाल टी–२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौतालगायत विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको सर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर ।

Global bank

२. प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्‍याई गरिएको नेपाल टी–२० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर । 

३. नेपाल टी–२० लिग प्रतियोगितामा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका बिषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निश्कर्षको आधारमा दोषीमाथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग पुर्‍याउने ।

४. कार्यदलको प्रतिवेदन माथि सरोकारवाला निकाय एवं आईसीसीसँग आवश्यक छलफल र समन्वय गर्न सकिने ।


 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय