site stats
विदेश
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले लिए सपथ

काठमाडौँ । जसिन्डा आर्डनले राजीनामा दिएपछि बुधबार लेबर नेता क्रिस हिपकिन्सले न्युजिल्याण्डको प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् ।

लेबर पार्टीले आइतबार पूर्व कोभिड–१९ प्रतिक्रिया र प्रहरी मन्त्री हिपकिन्सलाई पार्टी र देशको नेतृत्व गर्न चयन गरेको हो ।

Himalayan Bank
Agni Group

यता पूर्व प्रधानमन्त्री आर्डनको अन्तिम विदाईका लागि संसद्को मैदानमा सयौं नेताहरु जम्मा भएका थिए । उनले प्रत्येक संसद् सदस्यलाई पालैपालो अंगालो हालेकी थिइन् । त्यसबेला धेरै सांसदहरु भावुक मुद्रामा देखिन्थे । 

त्यसपछि उनी गभर्नर हाउस प्रस्थान गरेकी थिइन् । जहाँ उनले न्युजिल्याण्डमा राजा चाल्र्सका प्रतिनिधि, गभर्नर जनरल सिन्डी किरोलाई आफ्नो राजीनामा पत्र बुझाइन् । रोयटर्स
 

Global bank

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय