site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अस्ट्रेलियन ओपन : लिनेट र साबालेन्का सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व वरीयताको पाँचौं स्थानकी आर्यना सबालेन्का र माग्डा लिनेट वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको क्वार्टरफाइनलमा बेलारुसकी साबालेन्काले क्रोएसियाकी डोना भेकिचलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

साबालेन्काले वरीयताको ६४औं स्थानकी भेकिचविरुद्ध ६–३, ६–२ को स्कोरमा पराजित गरिन् । २४ वर्षीय साबालेन्काले सन् २०१८ देखि अस्ट्रेलियन ओपनमा सहभागिता जनाउन सुरु गरेपनि पहिलो पटक सेमिफाइनलमा स्थान बनाएकी हुन् । साबालेन्का गत वर्ष प्रतियोगिताको चौथो चरणबाट बाहिरिएकी थिइन् ।

उनले अब फाइनल प्रवेशका लागि पोल्यान्डकी लिनेटसँग खेल्नेछिन् । लिनेटले आजै भएको क्वार्टरफाइनल खेलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको टिकट काटिन् ।

Global Ime bank

वरीयताको ४५औं स्थानकी ३० वर्षीय लिनेटले पनि पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएकी हुन् । सन् २०१६ देखि अस्ट्रेलियन ओपन खेल्न थालेकी लिनेट गत वर्ष प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC