site stats
राजनीति
आफैँलाई आगो लगाएर आत्मदाह गरेको घटनाले राज्यलाई लज्जित बनायो : शेखर कोइराला
NMB Bank
Dabur nepal
Agani Group
Global bank

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार दिउँसो संसद् भवनअगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् ।

“हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै अल्झिरहने ?” उनले भने । 

आत्मदाहको प्रयास गर्ने इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय