site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृङ्खलामा भारतको 'क्लिन स्विप'
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तिम खेलमा ९० रनको फराकिलो जित निकालेसँगै न्युजिल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला घरेलु टिम भारतले 'क्लिन स्विप' गरेको छ ।

इन्दोरस्थित होल्कर क्रिकेट रंगशालामा सम्पन्न अन्तिम एकदिवसीय खेलमा भारतले प्रस्तुत गरेको ३८६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१.२ ओभरमा २९५ रनमै समेटियो ।

न्युजिल्यान्डका डिभोन कोन्वेले १०० बलमा १२ चौका र आठ छक्कासहित १३८ रन बनाए पनि टिमलाई जितसम्म डोहोर्‍याउन सकेनन् । यसबाहेक, हेनरी निकोलसले ४२, मिचेल सन्टनरले ३४, माइकल ब्रासवेलले २६ र डार्यल मिचेलले २४ रन बनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतका शार्दुल ठाकुर र कुलदीप यादवले समान तीन विकेट लिए । युजवेन्द्र चहलले दुई विकेट लिँदा हार्दिक पण्ड्या र उमरन मलिकले एक-एक विकेट लिए ।

यसअघि, ओपनरद्वय सुबमन गिल र कप्तान रोहित शर्माले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३८५ रनको योगफल तयार पारेको थियो । 

Global Ime bank

भारतका गिलले ७८ बलमा १३ चौका र पाँच छक्कासहित सर्वाधिक ११२ रन जोडे । यस्तै, कप्तान रोहित शर्माले ८५ बलमा नौ चौका र ६ छक्कासहित १०१ रन बनाए । यी दुई ओपनरले पहिलो विकेटका लागि २१२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । 

यसबाहेक हार्दिक पण्ड्याले ५४, विराट कोहलीले ३६, शार्दुल ठाकुरले २५, इसान किसनले १७ र सूर्यकुमार यादवले १४ रन बनाए ।

न्युजिल्यान्डका ज्याकोब डुफी र ब्लाएर टिकनरले समान तीन विकेट लिए । यस्तै, माइकल ब्रासवेलले एक विकेट लिए ।

यसअघि, भारतले पहिलो खेलमा १२ रनको र दोस्रो खेलमा आठ विकेटको जित निकालेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC