site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘पश्चिमी डाक्टरहरूको उपचारकै कारण पुटिन अझै बाँच्न सकेका हुन्’
Sarbottam CementSarbottam Cement

किभ । युक्रेनको रक्षा गुप्तचर विभागका उपप्रमुख मेजर जनरल भादिम स्किवित्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमी डाक्टरहरुबाट उपचार र स्याहार सुसार पाइरहेकै कारण अहिलेसम्म जीवित रहेको बताएका छन् । 

डल्फी समाचार निकायलाई अन्तर्वार्ता दिने क्रममा स्किवित्स्कीले भनेका छन्, “दुर्भाग्यवश पश्चिम मुलुकका डाक्टरहरुले उपचार गरिँदै गरेकाले पुटिन अझै जीवित रहेका छन् । उनको उपचार रूसी डाक्टरहरुले गरेको भए सबै कुरा चाँडै सकिइसक्थ्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२२ को मे महिनामा युक्रेनको रक्षा गुप्तचर विभागका प्रमुख किरिलो बुदानोभले क्यान्सरलगायत अन्य थुप्रै गम्भीर रोगबाट पीडित भए पनि पुटिन अझै केही वर्ष बाँच्ने जनाएका युक्राइन्स्का प्राभ्दाले लेखेको छ । 

त्यतिबेला बुदानोभले भनेका थिए, “हो, पुटिनलाई क्यान्सर भएको खबरलाई हामी पूर्णरुपमा पुष्टि गर्छौँ । उनलाई लागेका थुप्रै गम्भीर रोगमध्ये एक क्यान्सर पनि हो । तर, उनी भोलि नै मर्लान् भनेर आशा गनु पनि ठीक छैन । कम्तिमा उनी अझै केही वर्ष बाँच्नेछन् । हामीलाई मन परे पनि, नपरे पनि वास्तविकता भने यही हो ।”

Global Ime bank

यसैगरी गत १९ जनवरीमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिन अझै जीवित छन् भन्ने कुरामा शंका लागेको बताएका थिए । उनले कतै पुटिनको स्थानमा कुनै अर्कै व्यक्ति वा मानिसहरुको एक समूहले सबै कुराको निर्णय गरिरहेको पनि हुनसक्ने शंका गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC