site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अस्ट्रेलियन ओपन : रिबाकिना र अजारेन्का सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुसकी एलेना रिबाकिना र बेलारुसकी भिक्टोरिया अजारेन्का वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा मंगलबार भएको क्वार्टरफाइनल खेलमा लात्भियाकी जेलेना ओस्टापेन्कोलाई २–० को सोझो सेटमा हराउँदै वरीयताको २२ औं स्थानकी रिबाकिनाले सेमिफाइनलमा स्थान पक्का गरिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले वरीयताको १७ औं स्थानकी ओस्टापेन्कालाई ६–२, ६–४ को स्कोरमा पराजित गरिन् । रिबाकिनाले अब फाइनल प्रवेशका लागि बेलारुसकी अजारेन्काविरुद्ध खेल्नेछिन् । रिबाकिना गत वर्ष प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएकी थिइन् ।

आजै भएको अर्को क्वार्टरफाइनल खेलमा वरीयताको २४ औं स्थानकी अजारेन्काले अमेरिकाकी जेसिका पेगुलालाई २–० को सोझो सेटमा पराजित गरिन् । 

Global Ime bank

वरीयताको तेस्रो स्थानकी पेगुलालाई अजारेन्काले ६–४, ६–१ को स्कोरमा पराजित गरिन् । अजारेन्का गत वर्ष प्रतियोगिताको चौथो चरणबाट बाहिरिएकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC