site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आदीलले दुई खेलमा 'फिक्सिङ'अनुसार खेलेका थिए
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजना खेलाडीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका–३ बस्ने ४१ वर्षीय महबुब आलम र बारा सिम्रौनगढ नगरपालिका–३ बस्ने २० वर्षीय मोहमद आदील अन्सारी रहेका छन् । आदिल राष्ट्रिय टोलीका सदस्य हुन् भने मेहबुब पूर्वराष्ट्रिय खेलाडी हुन् ।

उनीहरुमध्ये महबुब मोरङ विराटनगर महानगरपालिका–१ शान्ति चोकबाट र आदील सप्तरी राजविराज नगरपालिका–५ लंका टोलबाट पक्राउ परेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल क्रिकेट संघको आयोजना तथा सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यावसायिक साझेदारीमा कीर्तिपुरको क्रिकेट मैदानमा गत पुस ९ देखि २७ गतेसम्म सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिगका खेलमा उनीहरुले फिक्सिङ गरेको देखिएपछि पक्राउ परेका हुन् ।

लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलोमतो गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

Global Ime bank

पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका महबुबले कम्तीमा दुईजना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको, मोहमद आदीललाई एउटा नो बल र एउटा वाइड बल फाल्नको लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुईवटा खेलमा सोही प्रकृतिको खेल खेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

उक्त प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको वनएक्सबेटले खेलकुदसँग सम्बन्धित समाचारको लागि तथा पूर्वानुमान गर्नको लागि भरपर्दो स्रोत भन्ने दाबी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेकोमा हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै पनि सामग्री उपलब्ध नभएको समेत छानबिनको क्रममा खुल्न आएको छ ।

यसबाहेक प्रतियोगितामा सहभागी केही फ्रेन्चाइज टिमहरूको आर्थिक र खेलाडीहरूलाई दिने पारिश्रमिकको स्रोत नखुलेको पाइएको छ ।

विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरू समेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको प्रारम्भिक अनुसन्धानमा खुलेको सीआईबीले जनाएको छ ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको सीआईबीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC