site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आयातसँगै घट्यो निर्यात
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकानुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।

तथ्यांकानुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २०.६८ र निर्यात ३२.०१ प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाख रुपैयाँको वस्तु आयात भएकामा चालु आवको सोही अवधिमा सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको आयात भएको हो ।

गत आवको पुससम्म एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तुको निर्यात भएकामा चालु आवको सोही अवधिमा जम्मा ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको छ । तथ्यांकानुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७५ र निर्यातको हिस्सा ९.२५ प्रतिशत छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सात खर्बकोे व्यापार घाटा
चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा सात खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकानुसार वैदेशिक व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा नेपालले आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । 

गत आवमा आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्यांकानुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १९.१५ प्रतिशतले घटेको छ ।

Global Ime bank

तथ्यांकानुसार ६ महिनामा नेपालले छिमेकी मुलुक भारतसँग मात्र चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजारबराबरको व्यापार घाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ । ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार रुपैयाँको निर्यात गरेको छ ।

आयात प्रतिबन्धकोे असर राजस्वमा
सरकारले सवारीसाधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार रुपैयाँबराबर राजस्व संकलनमा कमी आएको छ । गत आर्थिक वर्षको ६ महिनामा दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व संकलन गरेकोमा चालु आवमा सोही अवधिमा एक खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँबराबर राजस्व संकलन भएको छ ।

सरकारले सबै प्रकारका मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल, ३०० डलरभन्दा माथिको मोबाइल र सवारीसाधन आयातमा प्रतिबन्ध हटाइसकेको छ । विभागका अनुसार ६ महिनामा नेपालले विभिन्न देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखबराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ । तर, मंसिरमा एक खर्ब ३२ अर्बबराबरको विदेशी वस्तुको आयात भएकामा पुसमा एक खर्ब २७ अर्बबराबरको मात्र आयात थपिएको हो ।

१४८ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकानुसार नेपालमा विभिन्न १४८ देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँबराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्यांकानुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । ६ महिनाको अवधिमा नेपालले भारतबाट मात्र चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको आयात गरेको छ ।

कुल चार खर्ब बढीको आयात हुँदा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारबराबरको मात्र निर्यात गरेको छ । नेपालले भारतसँग मात्र चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । ६ महिनाको अवधिमा चीनबाट एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाखबराबरको आयात भएको छ । ३४ करोड ११ लाख रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC