site stats
राजनीति
राप्रपा नेपालको महाधिवेशन २०८० साल फागुनमा 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समिति बैठक १३ बुँदे निर्णय गर्दै सकिएको छ । पार्टी महामन्त्री राजाराम वर्तौलाले दिएको जानकारीअनुसार दुई दिन बसेको बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाण्डौंमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिए । 

यस्तै, बैठकले धर्म परिवर्तनको डढेलोमा नेपालको राष्ट्रिय पहिचान र एकताको आधारको रुपमा रहेको सनातन धर्म संस्कृति र परम्परा कमजोर बन्दै गइरहेकोप्रति बैठकले गम्भीर चिन्ता व्यक्त गरेको उनले जानकारी दिए । 

NMB Bank
Dabur nepal
Agani Group

पार्टीले आउँदो फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनस्र्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापी जनसंघर्ष कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । 
हेर्नुस् निर्णयहरू :–

raprapa nepal11674555549.png
raprapa nepal21674555557.png

Global bank

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय