site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टाइगर कप भलिबल : एपीएफको लगातार दोस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय क्लब एपीएफको महिला टिमले मंगलबार टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । 

प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले मंगलबार पोखरा रंगशालाको कोर्टमा भएको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफले न्यु डायमन्डविरुद्धको खेल २५–१५, २५–२०, २५–७ को स्कोरमा खेल आफ्नो पक्षमा पार्यो । एपीएपले यसअघि पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमै जित निकालेको थियो । 

मंगलबारै भएको महिलातर्फको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले गण्डकीविरुद्ध २५–१०, १५–१६, २५–१६ को स्कोरमा जित निकाल्यो ।

Global Ime bank

टाइगर कपमा महिलातर्फ चार टोलीले प्रतिस्पर्धा गरेका छन् । राउन्ड रोबिन लिगपछि हुने सेमिफाइनलमा शीर्ष टिमले चौथो स्थानमा रहेको टिमसँग र दोस्रो स्थानमा रहने टिमले तेस्रो स्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ आर्मी, नेपाल पुलिस क्लब, गण्डकी, एपीएफ र श्रीलंकाको सेन्ट जोसेफ वाच स्पोटर््स क्लब सहभागी छन् । प्रतियोगिताको दुबैतर्फको विजेताले समान चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC