site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोल्यान्डका रक्षक किविओर आर्सनलमा अनुबन्धित
Ghorahi CementGhorahi Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनलले पोल्यान्डका रक्षक जकुब किविओरलाई अनुबन्ध गरेको छ ।

आर्सनलले सोमबार सिरी ‘ए’ क्लब स्पेजियो काल्सियोबाट किविओरलाई क्लब भित्र्याएको जनाएको हो । यद्यपि, आर्सनलले किविओरलाई कति समयका लागि भित्र्याएको हो भन्नेबारे भने केही खुलाएको छैन । बेलायती सञ्चारमाध्यमहरुले जनाएअनुसार आर्सनलले किविओरलाई २० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो ।

Agni Group

“यो निकै खुशीको कुरा हो की किविओर हामीसँग जोडिदैछन् । उनी बहुप्रतिभाशाली युवा रक्षक हुन् जसले स्पेजियामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । र, पोल्यान्डबाट पनि उनले आफ्नो क्षमता देखाइसकेका छन्,” आर्सनलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२२ वर्षीय किविओर सन् २०२१ मा स्पेजियामा अनुबन्धित भएका थिए । जहाँबाट उनले ४३ खेल खेलेका छन् । कतार विश्वकपमा उनी पोल्यान्डको महत्वपूर्ण सदस्य थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC