site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फर्नान्डो सान्तोस पोल्यान्डको मुख्य प्रशिक्षक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोसले पोल्यान्डको मुख्य प्रशिक्षणको जिम्मेवारी पाएका छन् । 

पोलिस फुटबल एसोसियसन (पीजेडपीएन) का अध्यक्ष सेजारी कुलेस्जाले मंगलबार सान्तोसलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएका हुन् । उनले ट्विटरमा वार्सा एयरपोर्टमा सान्तोससँगको एक तस्बिर सार्वजनिक गरेका छन् । 

Agni Group

“भोलि नारोडोवे रंगशालामा हुने पत्रकार सम्मेलनमा भेटौंला,” कुलेस्जीले क्याप्सन लेखेका छन् । पूर्व प्रशिक्षक चेस्ल मिच्नोभिचले डिसेम्बरमा प्रशिक्षण छोडेपछि पोल्यान्डको प्रशिक्षण रिक्त बनेको थियो ।

यसअघि लामो समय पोर्चुगलको प्रशिक्षण सम्हालेका सान्तोसले कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएपछि डिसेम्बर उक्त जिम्मेवारी छोडेका थिए । उनकै प्रशिक्षणमा पोर्चुगलले सन् २०१६ को युरोपियन च्याम्पियनसिप र सन् २०१९ को युइएफए नेसन्स लिगको उपाधि जितेका थिए ।

Global Ime bank

उनले क्लबस्तरमा पोर्टो, एइके एथेन्स, पानाथिनाइकोस, स्पोर्टिङ लिस्वन, बेन्फिका, पिएओकेको प्रशिक्षण सम्हालेका थिए । उनले चार वर्ष ग्रीसको प्रशिक्षण पनि सम्हालेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC