site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केनको कीर्तिमानी गोलमा टोटनहम विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगमा फुलहममाथि १–० को विजय हासिल गरेको छ । इङल्यान्डका फरवार्ड केनले टोटनहमबाट सबैभन्दा धेरै गोल गर्ने जिम्मी ग्रीभ्सको कीर्तिमानसँग बराबरी गरेका हुन् । 

केनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल टोटनहमको जितमा निर्णायक बन्यो । केनले ह्युङ–मिन सनको पासमा गोल गरेका थिए । लन्डन क्लब टोटनहमबाट केनको यो २६६औँ गोल हो । 

Prabhu Bank
Agni Group
NIC Asia

केनले स्व. जिम्मी ग्रीभ्सको कीर्तिमान बराबरी गरेका छन् । ग्रीभ्सले ३७९ खेलमा २६६ गोल गरेका थिए । इङ्ग्ल्यान्डका कप्तान केनले ४१५ खेलमा यो सफलता हासिल गरेका हुन् । 

जितपछि टोटनहमले २१ खेलबाट ३६ अंक जोडेको छ । जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा तीन अंकले पछाडि हो । छैटौँ स्थानको ब्राइटनभन्दा पाँच अंकले अगाडि हो । तथापि, टोटनहमले एक खेल बढी खेलेको छ । पराजित फुलहम ३१ अंकका साथ सातौँ स्थानमा छ । जुन ब्राइटनसँग अंक बराबरी हो । तर, ब्राइटनले दुई खेल कम खेलेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC