site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एमबाप्पेले पाँच गोल गरेपछि पीएसजीको फराकिलो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । काइलियन एमबाप्पेले पाँच गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सोमबार राति छैटौँ श्रेणी लिगको क्लब पेस डे क्यासललाई ७–० ले हराउँदै फ्रेन्च कपको अन्तिम–१६ मा स्थान बनाएको छ । 
    
पेस डे क्यासलले यस प्रतियोगिताको अन्तिम–३२ मा स्थान बनाउनेक्रममा तीन खेल जितिसकेको थियो । एमबाप्पेले गोल गर्न सुरु गर्नुअघि घरेलु टोली २९ मिनेटसम्म टिक्न सफल भएको थियो ।

२९औँ मिनेटमा एमबाप्पेले गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । त्यसको चार मिनेट वित्न नपाउँदै नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए । ३४औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । ४०औँ मिनेटमा तेस्रो गोल थपे । ५६औँ मिनेटमा चौथो गोल गरेका एमबाप्पेले ७९औँ मिनेटमा पाँचौं गोल गरेका थिए । त्यसअघि ६४औँ मिनेटमा कार्लोस सोलरले गोल गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

फ्रान्सका स्ट्राइकर एमबाप्पेले जारी सिजन सबै प्रतियोगितामा गरी २३ गोल गरिसकेका छन् । एमबाप्पेले गत डिसेम्बरमा सम्पन्न फिफा विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए । तथापि, फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यसयता एमबाप्पे चार खेलमा ६ गोल गरिसकेका छन् ।

पीएसजीका लागि कुनै खेलाडीले एकै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो । गएराति लियोनल मेसी बेन्चमा थिए भने एमबाप्पे र नेयमारले पूरा ९० मिनेट खेले । पीएसजीले आफ्नो कीर्तिमान १४औँ फ्रेन्च कपको उपाधि जित्ने लक्ष्यमा छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC