site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अस्ट्रेलियन ओपन : जोकोभिचले क्वार्टरफाइनलमा रुबलेभसँग खेल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । २१ पटकका ग्रान्डस्लाम च्याम्पियन नोभाक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनल प्रवेशका लागि वरीयता पाँचौ स्थानका एन्ड्रे रुबलेभविरुद्ध खेल्ने भएका छन् । 

सोमबार भएको चौथो चरणको खेलमा अस्ट्रेलियाका एलेक्स डे मिनाउरलाई ३–० को सोझो सेटमा पराजित गर्दै जोकोभिचले अन्तिम आठको खेलमा रुबलेभसँगको भेट पक्का गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न खेलमा चौथो स्थानका जोकोभिचले २२औँ स्थानका मिनाउरविरुद्ध ६–२, ६–१, ६–२ को स्कोरमा जित निकाले ।

विम्बल्डन च्याम्पियन जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन खेलेका थिएनन् । जोकोभिचले हालसम्म नौपटक प्रतियोगिताको उपाधि जितेका छन् ।

Global Ime bank

यसअघि भएको चौथो चरणको खेलमा रुसका रुबलेभले डेनमार्कका हल्गर रुनलाई ३–२ को सेटमा जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

वरीयताको नवौँ स्थानका रुनलाई रुबलेभले ६–३, ३–६, ६–३, ४–६, ७–६ (११–९) को स्कोरमा पराजित गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC