site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यू–१९ विश्वकप छनोट : नेपालको पहिलो प्रतिद्वन्द्वी सिंगापुर
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो खेला सिंगापुरविरुद्ध खेल्ने भएको छ । 

सोमबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपालले एसिया छनोटमा सिंगापुरलाई पहिलो प्रतिद्वन्द्वी पाएको हो ।

प्रतियोगिता फागुन १२ देखि १८ गतेसम्म युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ । नेपाली युवा टोलीले २०१६ पछि यू–१९ विश्वकप खेल्न सकेको छैन । 

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आइतबार १४ सदस्य टोली घोषणा गरेका थिए । जसमा आठ खेलाडी पहिलो पटक यू–१९ टोलीमा पर्न सफल भएका छन् ।

Global Ime bank

सिनियर टोलीबाट खेलिसकेका देव खनाल, गुल्शन झा, विशालविक्रम केसी, अर्जुन कुमाल, दुर्गेश गुप्ता र दीपेश कँडेलले यसअघि यू–१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । अन्य सबै नयाँ खेलाडी हुन् । नेपालले कप्तान भने तोकेको छैन । 

नेपालको खेलतालिका
फागुन १२ गते – नेपालविरुद्ध सिंगापुर 
फागुन १३ गते – नेपालविरुद्ध कुवेत
फागुन १५ गते – नेपालविरुद्ध हङकङ
फागुन १६ गते – नेपालविरुद्ध मलेसिया
फागुन १८ गते – नेपालविरुद्ध यूएई

नेपाली टिम :
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा ।

रिजर्भ : प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल थापा, राजेश यादव ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC