site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मंगलबारदेखि 'सूर्य नेपाल एनपीजीए म्याच प्ले'
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनले आयोजना गर्ने सूर्य नेपाल गल्फ टुरको सूर्य नेपाल एनपीजीए म्याच प्ले मंगलबारदेखि हुने भएको छ ।

काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबंमा हुने प्रतियोगितामा गत सिजन २०२१÷२२ को शीर्ष १६ गल्फरले प्रतिस्पर्धा गर्ने बताइएको छ । माघ १२ गतेसम्म हुने प्रतियोगितामा फाइनलबाहेकका खेल १८ होलमा खेलाइनेछ । फाइनल खेल भने ३६ होलमा खोलाइनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

माघ १० गते पहिलो दिन पहिलो चरणका आठ खेल हुनेछन् । माघ ११ गते चार क्वार्टरफाइनल र सेमिफाइनलका खेल हुनेछन् । फाइनल खेल अन्तिम दिन माघ १६ गते हुनेछ । त्यस्तै, तेस्रो स्थानको लागि हुने खेल पनि अन्तिम दिन हुनेछ । 

प्रतियोगितामा गत सिजन शीर्ष स्थानमा रहन सफल सक्रबहादुर राईले २० औँ वरीयताका टंकबहादुर कार्कीसँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो वरीयताका भुवन नगरकोटीले १९ औँ वरीयताका संजोक मोक्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । तेस्रो वरीयताका जयराम श्रेष्ठले १७ औँ वरीयताका कृष्णमान श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् । 

Global Ime bank

चौथो वरीयताका नीरज तामाङले १४ औँ वरीयताका राजेन्द्र थापामगरविरुद्ध खेल्नेछन् । १६ औँ वरीयताका पूर्ण शर्मा र १८ औँ वरीयताका तिर्थ पौडेल विदेशमा भएका कारण प्रतियोगितामा सहभागी हुनेछैनन् । 

पाँचौँ वरीयाताका रवि खड्काले १५ औँ वरीयाताका प्रदीपकुमार लामाविरुद्ध खेल्नेछन् । छैटौँ वरीयताका सञ्जय लामाले १३ औँ वरीयताका रमेश अधिकारीसँग प्रतिस्पर्धा गर्नेछन् । सातौँ वरीयताका दिनेश प्रजापतिले १२ औँ वरीयताका सूर्यप्रसाद शर्मासँग प्रतिस्पर्धा गर्नेछन् । आठौँ वरीयाताका धनबहादुर थापाले ११ औँ वरीयाताका बलबहादुर राईविरुद्ध खेल्नेछन् । नवौँ वरीयताका रामे मगरले दशौँ वरीयताका भुवनकुमार रोकासँग प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । उपविजेताले ४२ हजार, तेस्रो हुनेले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । क्वार्टरफाइनलबाट बाहिरिने खेलाडीले ११ हजार र पहिलो चरणबाटै बाहिरिने गल्फरले ६ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC