site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ऊ त्यही थियो 
Ghorahi CementGhorahi Cement

तस्करले जब कसम खायो– अबदेखि मैले यो धन्दा गर्दिनँ, तत्कालै उसले ऊमाथि पेस्तोल ताकेर पड्कायो । पेस्तोलले ठूलो आवाज मात्र निकाल्यो, तस्कर जिउँदै थियो !

यो देखेर उसले पेस्तोल दिने मानिसको गर्दन समात्यो । त्यो गरिबले अनुनय ग¥यो, “यसमा मेरो के नै गल्ती छ र ! यो त मैले एकदम भरोसाको सरकारी फ्याक्ट्रीबाट चोरेको थिएँ ।”

Agni Group

उसले फ्याक्ट्रीको एक उच्च अधिकारीको गर्दन समात्यो । अधिकारीले भन्यो, “यसमा मेरो केही दोष छैन । तपाईं गएर आफ्नो पिताजीको गर्दन समात्नुस् ।”

साँच्चिकै, उसले गएर आफ्नै पिताजीको गर्दन समात्यो । र, भन्यो, “तपाईंकै कारणले गर्दा आज देशको कारखानाहरूबाट यस्ता खराब, कामै नलाग्ने पेस्तोलहरू बनिरहेका छन् !”

Global Ime bank

उसको कुरा सुनेर पिताजीले भने, “तँसँग के ढाँट्नु छोरा ! यसमा दोष मेरो नै छ । तर, तैँले भनेजस्तो पूरापूर दोष मेरो मात्रै होइन, मालसामानको व्यवस्था गर्ने ठेकेदारको पनि छ । तर, ठेकेदारको गर्दन नसमाउनु । नभए हामी खत्तम हुनेछौँ ।”

उसले पिताजीसँग ठेकेदारको नाम सोध्यो । अनि, ज्ञात भयो । त्यो अरू कोही थिएन, त्यही तस्कर थियो, जसमाथि उसले पेस्तोल पड्काएको थियो !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC