site stats
कला
‘जेरी–२’ मा आना अनुबन्ध, दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान 

काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘जेरी–२’ मा अभिनेत्री आना शर्मा अनुबन्ध भएकी छन् । हेमराज बिसीले निर्देशन गर्ने चलचित्रका लागि आना र निर्माण पक्षबीच कागजी सम्झौता भएको हो ।

आठ वर्ष अगाडि आनाले ‘जेरी’बाटै डेब्यु गरेकी थिइन् । चलचित्रमा अर्को प्रमुख अभिनेत्रीमा पूर्णिका सिंजापति यसअघि नै फाइनल भइसकेकी छन् ।

NMB Bank
Dabur nepal
Agani Group

अन्य कलाकारका लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान गरेको छ । 

चलचित्रको छायांकनका लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेशन तय गरिएको छ । चलचित्र एक महिना पछि छायांकन हुनेछ ।

Global bank

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय