site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दीपक–दीपाले गरे चलचित्रकर्मी कल्याण कोषमा जनही एक/एक लाख सहयोग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्रकर्मी कल्याण कोषमा केही कलाकारले सहयोग रकम जम्मा गरेका छन् । चलचित्र विकास बोर्डमा आज आयोजित कार्यक्रममा कलाकर दीपकराज गिरी, दीपाश्री निरौलालगायतले कोषलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

दीपक–दीपाले जनही एक लाख १११ रुपैयाँका दरले सहयोग गर्दा निर्मल शर्मा र स्वस्तिमा खड्काले पनि कोषमा रकम जम्मा गरेका छन् । उनीहरू दुवैले जनही ५१ हजार १११ रुपैयाँका दरले कोषमा रकम जम्मा गरेका हुन् । चलचित्रकर्मी महिला सशक्तिकरण समिति संयोजक गीता नेपालले ११ हजार १११ रुपैयाँ कोषमा जम्मा गरेकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र भारत दुवै देशमा गीत गाउने गायिका दीपा झाले पनि कोषलाई सहयोग रकम हस्तान्तरण गरेकी छन् । उनले ५ लाख १११ रुपैयाँ सहयोग गरिन् । 

दीपा झाले चलचित्र क्षेत्रले नै आफूहरूलाई अहिलेको उचाइ र सम्मान दिएको भन्दै सहयोग गरेको बताएकी थिइन् । 

Global Ime bank

हालसम्म कोषमा पाँच करोडभन्दा माथि रकम जम्मा भइसकेको छ । कोषमा १० करोड रकम जम्मा गर्ने योजना रहेको कोषकी सदस्यसमेत रहेकी दीपाश्री निरौलाले बताइन् । 

कोषमा जम्मा भएको रकम कलाकारिता क्षेत्रका व्यक्ति आर्थिक समस्यामा पर्दा उपचार तथा अन्य सामाजिक कार्यमा खर्चिने गरिएको छ । 

चलचित्रकर्मी कल्याण कोषको संयोजक कलाकार वसुन्धरा भुसाल हुन् । उनले सहयोग रकम बुझेकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC