साहित्य
काठमाडौं । साहित्यकार शिव प्रकाशको पहिलो उपन्यास ‘समभोक’ सार्वजनिक भएको छ ।
शनिबार प्रज्ञा–प्रतिष्ठान डबलीमा आयोजित कार्यक्रममा प्रा.डा. गोविन्द केसी, उपन्यासकारकी आमा, पत्रकार युवराज घिमिरे र विजयकुमार, शंकर तिवारी, सुजना घिमिरेलगायतले कृतिको सामूहिक विमोचन गरे ।
उक्त अवसरमा नेपाली कांग्रेस महामन्त्री गगन थापा र पत्रकार विजयकुमारले औपन्यासिक कृतिका बारेमा बोलेका थिए । समारोहमा विमोचनभन्दा अगाडि कृतिमाथि विमर्श गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ २०:२९
प्रतिक्रिया दिनुहोस्