site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
साकिराले पूर्वप्रेमी पिकेबारे बनाएको गीतले बनायो युट्युबमा रेकर्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोलम्बियन गायिका साकिराको नयाँ गीतले युट्युबमा नयाँ बनाएको छ । आफ्ना पूर्वप्रेमी फुटबल खेलाडी जेरार्ड पिकेको व्यवहारबारे उनले तयार गरेको गीतले ‘युट्युब भ्युज’मा रेकर्ड बनाएको हो ।

एक दशकसम्म प्रेम गरेको पूर्वप्रेमी पिकेले दिएको धोखाको विषय समेटेर साकिराले तयार गरेको गीतले युट्युबमा रिलिज भएको २४ घण्टामा ६३ मिलियन भ्युज पाएको छ । उक्त समयमा ल्याटिन गीतले पाएको यो सबैभन्दा बढी भ्युज हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२२ मा ४५ वर्षीया साकिराले ३५ वर्षीय पिकेसँगको १० वर्ष लामो प्रेमसम्बन्धलाई टुंग्याएकी थिइन् । उनीहरुको दुई बच्चासमेत भएको बीबीसीले लेखेको छ ।

चार मिनेटको पप गीतमा पहिलोपटक साकिरा र अर्जेन्टिनाका निर्माता तथा डीजे बिजरापले सहकार्य गरेका छन् । 

Global Ime bank

साकिरा युट्युब रेकर्डहरू तोड्ने ल्याटिन कलाकारहरूको प्रतिष्ठित सूचीमा सामेल छिन्, जसमा जे बाल्भिन, लुइस फोन्सी र डैडी यान्कीलगायत रहेका छन् ।

यो ब्रेकअपको बारेमा उनको पहिलो गीत भने होइन । उनको तीन महिनाअघि पनि बदला भावको एक हृदय विदारक गीत आएको थियो । उक्त गीतमा साकिराले पिकेको नयाँ कथित २३ वर्षीया नयाँ प्रेमिकाको बारेमा गाएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC