site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बहाना
Sarbottam CementSarbottam Cement

तिज नजिकै आयो । खुसीको सीमा थिएन रमामा । सानैमा बाआमाबाट विमुख हुनुपरेकाले होला, कुनै पनि चाडपर्व नजिकिँदा ऊ हर्षित हुन्थी । खुसीको मुख्य कारण माइती जान पाउने लोभ थियो ।

तिज नजिकिँदा सधैँ खुसीले फुरुक्क हुन्थी । तर, सधैँ निराश बन्नुपर्दथ्यो । माइतीमा दाजु–भाउजू मात्रै थिए । अरू बेला पनि माइत जाने वातावरण अनुकूल थिएन । जाने बहाना भनेको यिनै चाडपर्व थिए ।

तर, अफसोस ! जब चाडबाड आउँथ्यो, भाउजूका विभिन्न बहाना सुरु हुन्थ्यो । कहिले कता जानुपर्ने, कहिले कता । कहिले छुन नहुने कुरो !

Prabhu Bank
Agni Group
NIC Asia

यसपटक तिज आउनै लागेको छ । आफ्नो घरमा पनि चेलीबेटी आउने रौनक बेग्लै छ । सासू दंग छिन् छोरीहरू आउँछन् भनेर । बेलाबेलामा रमालाई पनि सोध्छिन्, “तिमी पनि छिट्टै जान्छ्यौ होला नि ? सबै चेलीबेटीलाई माइत जाने उस्तै रहर त हो !”

रमाले हाँसोसहित मुन्टो हल्लाइन् ।

Global Ime bank

नभन्दै तिजको दर खाने दिन आयो । छोरीचेली अघिल्लो दिनदेखि नै गाउँ आउन थाले । रमालाई पनि सासूले चेलीको रहर उस्तै हो, अरू बेला पनि त्यति माइतीघर जान्न भनेर छिट्टै बिदा दिने वचन दिएकी थिइन् ।

दर खाने अघिल्लो दिनसम्म पनि रमाले माइत जाने नाम नलिएपछि सासूले सोधिन्, “बुहारी, तिमी पनि जाने होइन माइत ? दाजु–भाउजूले बाटो हेरिराख्नुभएको होला । फेरि, घरबाट बिदा दिएनन् भन्लान् है ।”

सासूको वाक्य सुनेर ऊ मौन भई । माइत जाओस् पनि कसरी ? केही दिनअघि नै उसकी भाउजूले ‘मलाई त नछुने हुने बेला भयो, तिजमा त छेक्छजस्तो छ’ भनेर खबर पठाएकी थिइन् । त्यति सुनेपछि ऊ कसरी जाओस् माइत !

भाउजूले छलेजस्तै उसले पनि सासूलाई छली । भनी, “आमा, म त पर सर्छु कि क्या हो, तल्लो पेट कटकट दुख्न थालेको छ । जाँदाजाँदै छुइ भयो भने के जाने ! म जान्नँ होला ।”

सासूलाई पनि बुहारीप्रति माया लागेर आयो र भनिन्, “तिम्रो त साइत पनि यस्तै पर्दो रहेछ । पोहोर भाउजूलाई नछुने भो भनेर जान पाइनौ । योपटक आफंैँलाई पो । यी आइमाई मान्छेलाई पनि भगवान्ले के सजाय दिनुभएको होला कुन्नि ! त्यसो भए आराम गर । नन्द–आमाजूहरू आउँछन्, रमाइलो गर्छन् । खान्छन्, पिउँछन् । खान त तिमीले पनि भइहाल्छ नि !”

तिज सकिएकै भोलिपल्टदेखि सबै महिलाको तस्बिर धमाधम फेसबुकमा पोस्ट हुन थाले । हेर्दै जाँदा रमाको भाउजूका पनि तस्बिर देखिए, ‘तिजको रमाइलो’ भनेर मन्दिरमा पूजा गर्दै गरेको । पार्टी प्यालेसमा नाच्दै गरेको 

हठात् रमा झस्की । उसले हत्तपत्त फेसबुक बन्द गरी अनि सोच्न थाली— कति बहाना आउँदो रहेछ, चेलीबेटी माइत नआओस् भनेर । यस्तो बहाना मलाई मात्र गर्छन् कि अरूका चेलीबेटीलाई पनि गर्छन् होला ?
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC