site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दर्जनौं लोकप्रिय गीत सिर्जना गरिसकेका एकनारायण भण्डारी ललितकलामा संगीत पढ्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गीतसंगीतमा रुचि राख्ने कमैलाई थाहा नहोला एकनारायण भण्डारीको नाम । लोक होस् वा आधुनिक उनका सयौं गीत हिट छन् । आम नागरिकको जनजिव्रोमा झुण्डिने शब्द र लयका सर्जक हुन् एकनारायण । 

तर, तिनै एकनारायण अहिले संगीतको औपचारिक शिक्षा लिन थालेका छन् । ललितकला क्याम्पसमा उनले अध्ययन गरिरहेका छन् । “लामो समय सांगीतिक क्षेत्रमा काम गरियो । अब संगीतको औपचारिक शिक्षा पनि लिनु पर्‍यो भनेर पढ्न सुरु गरेको हुँ,” एकनारायण भन्छन्, “पहिलो सेमेस्टर सकिन लाग्यो । अब तीन वर्ष छ ।” भोकलदेखि बाजा तथा रागसम्मको ज्ञान संगीतको अध्ययनमा सिकाइन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि, गायनभन्दा पनि समग्र संगीतको शिक्षाका लागि आफूले क्याम्पसमै भर्ना भएर अध्ययन सुरु गरेको उनको भनाइ छ । “राग मात्रै अध्ययन गर्‍यो भने त्यसमा आधारित भएर एकएक वटा गीत गायो भने धेरै हुन्छ,” उनी भन्छन् । 

संगीतको औपचारिक शिक्षासँगै सांगीतिक क्रिएसन पनि परिपक्व हुनेमा उनको विश्वास छ । “अहिले जति क्रिएसन गरियो त्यो कति नजानेरै वा अलिअलि जानेर गरियो होला । तर, औपचारिक शिक्षा लिएपछि परिपक्व क्रिएसन हुन्छ भन्ने मेरो विश्वास छ,” उनी भन्छन्, “सांगीतिक क्षेत्रमा आउन चाहने नयाँ पुस्तासँगको संगतले पनि अहिले ट्रेन्ड बुझ्न र धेरै कुरा सिक्ने मेरो अपेक्षा छ ।” 

Global Ime bank

अध्ययनमा व्यस्त भएकै कारण अहिले आफूले रचनाको काम कम गरेको उनले जानकारी दिए । उनले नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८ पनि पाइसकेका छन् । नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा उनलाई ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ दिने घोषणा गरिएको छ । माघ ७ गते उनले यो पुरस्कार पाउँदै छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC