site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
यी सिनेमाले चलायमान बनाउन सक्छन् नेपाली चलचित्र क्षेत्रलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सिनेमा उद्योगलाई वास्तवमा केही सीमित ब्यानरले चलायमान बनाइरहेका छन् । वार्षिक १०० को हाराहारीमा सिनेमा निर्माण तथा प्रदर्शन हुन थालिसकेको उद्योगलाई चलायमान बनाउने ब्यानर मुस्किलले आधा दर्जन पनि छैनन् । त्यसमध्ये पनि सबै सिनेमा चल्दैनन् । केही कलाकार तथा निर्देशकका सिनेमा मात्र हुन्, जसका सिनेमा अक्सर नेपाली बजारमा रुचाइरहेको पाइन्छ ।

दीपाश्री निरौलाले निर्देशन गरेका सिनेमा हालसम्म राम्रो कमाइ गर्ने चलचित्र हुन् । ‘छक्का पञ्जा’ सिरिज उनले निर्देशन गर्दै आएकी छन् । ‘छक्का पञ्जा’का तीन सिरिज उनले निर्देशन गरिन् । भलै, अहिले छायांकनरत ‘छक्का पञ्जा–४’ हेमराज बिसीले निर्देशन गरिरहेका छन् । यो सिरिज नेपालको सर्वाधिक प्रतीक्षित सिरिज हो । यसलाई क्यूएफएक्सका सञ्चालकको अभिव्यक्तिले स्पष्ट पार्छ । नेपालकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनका सञ्चालकमध्येका एक भाष्करराज ढुंगाना हालसम्म आफ्नो मल्टिप्लेक्समा ‘छक्का पञ्जा’को ग्रस कलेक्सनलाई कुनै पनि नेपाली चलचित्रले उछिन्न नसकेको बताउँछन् ।

‘छक्का पञ्जा’ सिरिज मात्र होइन, दीपकराज गिरी र दीपाश्री निरौला जोडिएका अधिकांश चलचित्रले उल्लेख्य व्यापार गरेका छन् । ‘छ माया छपक्कै’ र ‘शत्रुगते’ले पनि बक्सअफिसमा राम्रो कलेक्सन गरेका थिए । त्यसैले दीपक–दीपाका सिनेमालाई यस उद्योगलाई नै चलायमान बनाउने चलचित्र मानिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘कबड्डी’ पनि नेपाली सिनेमा उद्योगमा रुचाइएको सिरिज हो । यसको पछिल्लो सिरिज ‘कबड्डी–४’ ले पनि ऐतिहासिक ग्रस कलेक्सन गरेको थियो । त्यसैले नेपाली दर्शकका लागि यो पनि प्रतीक्षित चलचित्र हो ।

रामबाबु गुरुङले निर्देशन गरेका चलचित्र पनि दर्शकको नजरमा पर्ने चलचित्र हुन् । उनको चलचित्र ‘फूलबारी’ आउँदो फागुन ५ गते रिलिज हुँदै छ । रामबाबुले निर्देशन गरे पनि यो चलचित्रले खासै हाइप बनाउन सकेको छैन । रामबाबुले निर्देशन गरेका सबै चलचित्रले भने उल्लेख्य व्यापार गरेका छैनन् ।

Global Ime bank

प्रदीप भट्टराईले निर्देशन गरेका सबै चलचित्रले नेपाली बक्सअफिसमा लोभलाग्दो कमाइ गरेका छन् । ‘जात्रा’, ‘शत्रुगते’, ‘जात्रैजात्रा’ र ‘महापुरुष’ उनले निर्देशन गरेका चलचित्र हुन् । यी चारै चलचित्रले राम्रो व्यापार गरेका छन् ।

निश्चल बस्नेतले निर्देशन गरेका दुई चलचित्र ‘लुट’ र ‘लुट–२’ पनि बक्सअफिसमा उल्लेख्य कमाइ गर्ने चलचित्र हुन् ।

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–२’ देखि यताका सिरिज पनि नेपाली बक्सअफिसमा राम्रो कमाइ गर्ने सिरिज हो ।

विकास आचार्यले निर्देशन गर्दै आएको चलचित्र ‘नाइँ नभन्नु ल’ पनि रुचाइएको चलचित्र सिरिज हो । यीबाहेक केही निर्देशकका चलचित्रले पनि नेपाली बक्सअफिसलाई चलायमान बनाउँदै आएका छन् ।

यो वर्ष करिब आधा दर्जन चलचित्र राम्रैसँग चलिसकेका छन् । चलचित्रको ठूलो संख्या भने लगानी डुबाउनेमै छन् । केही सिनेमा चले, तर त्योभन्दा ठूलो संख्यामा चलेनन् । यद्यपि, सिनेमा निर्माणको क्रम रोकिएको छैन । प्रदर्शनमा छिनाझपटी छँदै छ । एउटै डेटमा दुई वा त्योभन्दा ठूलो संख्यामा सिनेमा रिलिजको लाइनअपमा छन् ।

यसको पछिल्लो उदाहरणका लागि आउँदो फागुन १९ गतेलाई लिन सकिन्छ । फागुन १९ मा बक्सअफिसमा अपेक्षा गरेका दुई चलचित्र रिलिज हुने भएपछि क्यूएफएक्सले एकैदिन दुई ठूला ब्यानरका चलचित्र रिलिज नगर्ने जनाएको थियो । भलै, यो अडानमा क्यूएफएक्स अडिग रहन्छ वा रहँदैन, त्यो हेर्न बाँकी छ । तर, यो मितिमा आउने भनिएका दुई चलचित्रका वितरकले सोही दिनमा आफ्नो चलचित्र ल्याउने बताइसकेका छन् । र, सोहीअनुसार प्रचार पनि गरिरहेका छन् ।

नेपाली सिनेमा उद्योगलाई चलायमान बनाउने निकट भविष्यमा आउने सम्भावित चलचित्र कुन–कुन हुन् ? निर्माता तथा निर्देशकले आ–आफ्नै दाबी गरिरहे पनि ‘काष्ट’ र यसअघि निर्देशकले गरेको काम र त्यसप्रति दर्शकको झुकावलाई हेर्ने हो भने केही चलचित्रलाई प्रतीक्षित मान्न सकिन्छ । त्यसमध्ये केही सिनेमा छायांकन भइसकेका छन् । केही छायांकनको तयारीमा छन् । डेट भने लिइसकेका छन् ।

हालसम्म डेट लिइसकेका चलचित्रमा सबैभन्दा प्रतीक्षित चलचित्र ‘छक्का पञ्जा–४’ लाई लिन सकिन्छ । हेमराज बिसीले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा दीपकराज गिरी, केदार घिमिरेलगायत दीपक–दीपाको टिम छ । अघिल्ला सिरिजप्रति दर्शकको उत्साहलाई हेर्दा यो यसले पनि उल्लेख्य साथ पाउने अपेक्षा निर्माण पक्षसँगै वितरक र प्रदर्शकको छ । यो चलचित्र फागुन १९ गते प्रदर्शन हुनेछ ।

फागुन १९ मै आउन लागेको चलचित्र ‘छड्के–२’ पनि प्रतीक्षित चलचित्रमध्यको एक हो । निगम श्रेष्ठ निर्देशित चलचित्र ‘छड्के–२’ अनमोल केसी रहेका कारण पनि अपेक्षित बनेको हो । ग्याङस्टरको नाइकेका रूपमा यो सिनेमामा देखिने अनमोल स्टारडम भएका नायक हुन् । अनमोललाई लिएर निर्माण गरिएका चलचित्रले सहजै लगानी उठाउने गरेको धेरै निर्माताहरूले बताउने गरेका छन् ।

‘छड्के’ लोभलाग्दो इनिसियल ग्रस कलेक्सन गरेको चलचित्र हो । तर, तेस्रो दिनदेखि भने त्यो चलचित्रले दर्शकको अभाव झेल्नुपरेको थियो ।

‘कबड्डी’का निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका कारण ‘फूलबारी’ पनि धेरैले अपेक्षा गरेको चलचित्रमा पर्छ । यसको टिजरले भने राम्रो हाइप बनाउन सकेको छैन ।

छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘भस्मे डन’ आउँदो दसैँमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । सफल चलचित्र ‘पशुपतिप्रसाद’को मुख्य कलाकारमध्येको एक भस्मे डनको कथामा आधारित भएर यो चलचित्र बनाउन लागिएको हो । विपीन कार्की र सौगात मल्ल यसको मुख्य भूमिकामा हुनेछन् । भस्मे डन नेपाली सिनेमाका शुभेच्छुकमाझ लोकप्रिय पात्र हो । यही क्यारेक्टरबाट विपीन लोकप्रिय भएका थिए ।

‘नाइँ नभन्नु ल–६’ पनि राम्रो हाइप बटुल्न सफल हुने चलचित्र हो । यसका केही सिरिज लोकप्रिय भएकाले यसले पनि दर्शकको ध्यान तान्न सक्छ । नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै सिरिज आउने यो पहिलो चलचित्र हो । सिनेमा लेखक तथा निर्देशक विकास आचार्यले ‘नाइँ नभन्नु ल–६’ निर्देशन गर्दै छन् ।

निर्देशक प्रदीप भट्टराईको टिम अहिले स्क्रिप्ट लेखनमा लागेको छ । प्रदीपले ‘महाजात्रा’को स्क्रिप्ट लेखिरहेका छन् । उनको यो चलचित्र कहिले आउँछ निश्चित छैन । यो सिनेमा पनि उनको ‘ट्रयाक रेकर्ड’ तथा ‘जात्रा’ र ‘जात्रैजात्रा’का कारण अपेक्षित बन्ने निश्चित छ । प्रदीपले यसअघि निर्देशन गरेका चारै चलचित्रले ५१ दिन मनाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC