site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘छड्के–२’को गीतमा र्‍यापर भिटेनको स्वर
Ghorahi CementGhorahi Cement

काठमाडौं । फागुन १९ गतेबाट रिलिज हुने चलचित्र ‘छड्के–२’को गीतमा चर्चित र्‍यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनले स्वर दिएका हुन् ।

गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफूहरूले भिटेनको गीत सिनेमामा समावेश गरेको निर्माता प्रशान्त गिरीले जानकारी दिए । चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् । 

Agni Group

ग्याङस्टर जनरामा निर्माण भएको चलचित्र निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको हो । अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।

चलचित्र चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC