site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
राजेन्द्र लिङ्देन र कमल थापाले गरे अंकमाल ! (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको भृकृटीमण्डपमा चियापानको आयोजना गरेको हो ।

चियापान कार्यक्रममा पार्टीका पदाधिकारीसहित नेता–कार्यकर्ता, समर्थकलगायत सहभागी भए । विभिन्न राजनीति दलका नेता पनि चियापनमा सहभागी हुन पुगेका छन् ।

यस्तै, विभिन्न क्षेत्रका व्यक्तित्व चियापनमा सहभागी भएका छन् । चियापन कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगे ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र थापाले अंकमाल समेत गरे । मञ्चमा सँगै बसे । नेताद्वयबीच हार्दिकताका साथ अभिवादन आदानप्रदान भएको थियो ।

थापा राप्रपाका यसअघिका अध्यक्ष समेत हुन् । भृकुटीमण्डमा भएको पार्टीको महाधिवेशनमा उनले अध्यक्ष पदमा नेता राजेन्द्र लिङ्देनसित प्रतिस्पर्धा गरेका थिए । त्यतिखेर थापालाई पराजित गर्दै लिङ्देन अध्यक्ष बने । त्यसपछि राप्रपाबाट अलग हुँदै थापाले राप्रपा नेपाल गठन गरे । त्यसयता पहिलोपटक उनीहरू सँगै एउटै मञ्चमा देखिएका हुन् ।

Global Ime bank

थप तस्बिर हेर्नोस्–

324976480_707637717643290_1889188434978408276_n1673432285.jpg

325057279_968834794095251_6539646383548625301_n1673432285.jpg

324758847_731349068573394_3474999462625110745_n1673432281.jpg

325129003_2051755815018835_4445324719055480863_n1673432276.jpg

324913235_1815619098825308_8155602834710966520_n1673432276.jpg

324940913_872706824039532_6053837733428720849_n1673432272.jpg

325110862_558181959542397_8286624962457788612_n1673432272.jpg

 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १५:५९
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्