काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा र्याली निकालिएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले र्यालीको आयोजना गरेको हो ।
भृकुटीमण्डपबाट सुरु भएको र्यालीमा सहभागीले सिंहरदबारको मूल गेटअगाडि रहेको पृथ्वीनारायणको सालिकमा पुगी माल्यार्पण समेत गरेका थिए ।
र्यालीका कारण काठमाडौंको ट्राफिक व्यवस्था केही बेर प्रभावित भएको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ १२:५७
प्रतिक्रिया दिनुहोस्