site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
फेरि चलेनन् नेपाली चलचित्र
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्ला वर्षहरूको तुलनामा यो साल नेपाली चलचित्र तुलनात्मक रूपमा केही सफल भए । यो वर्ष तुलनात्मक रूपमा संख्यात्मक हिसाबले लगानी उठाउने चलचित्रको संख्या धेरै रह्यो । यद्यपि, यो अघिल्ला वर्षसँगको तुलना गर्दा मात्र हो । समग्रमा लगानी गुमाउने चलचित्रको संख्या नै धेरै छ ।

‘कबड्डी–४’ बाट नेपाली चलचित्रले लगानी उठाउन सुरु गरेको थियो । त्यसपछि केही चलचित्रले राम्रो व्यापार गरे । बक्सअफिसमा ‘कबड्डी–४’ ले अनपेक्षित ग्रस कलेक्सन गर्‍यो । ‘कबड्डी’ सिरिजप्रति दर्शकको आकर्षण देखिएपछि ‘कबड्डी–४’ लाई ‘फाइनल म्याच’ अर्थात् अन्तिम सिरिज भनेर प्रचार गरिएको थियो । तर, निर्माण पक्ष यसको अर्को सिरिज ‘कबड्डी–५’ बनाउने निर्णयमा पुगिसकेको छ ।

यही वर्ष ‘प्रेम गीत–३’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’, ‘झिँगे दाउ’ले लगानी उठाए । यसपछि रिलिज भएको चलचित्र ‘महापुरुष’ले पनि बक्सअफिसमा राम्रो ग्रस कलेक्सन गर्‍यो । यो चलचित्रले ११ करोड रुपैयाँभन्दा माथि ग्रस कलेक्सन गरिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसबीचमा थुप्रै चलचित्र रिलिज भए । केहीको राम्रै हाइप पनि थियो । तर, राम्रो हाइप बनाएका चलचित्र पनि चलेनन् । यसको पछिल्लो उदाहरणका रूपमा ‘डिसेम्बर फल्स’लाई लिन सकिन्छ । आर्यन सिक्देल करिब साढे तीन वर्षपछि सिनेमामा देखिएका थिए । तर, यो चलचित्रले पनि दर्शक तान्न सकेन । सिनेमा घाटामा गयो ।

गएको शुक्रबार हरर जानराको चलचित्र ‘चि मुसी चि’ रिलिज भयो । प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल मुख्य भूमिकामा रहेको यो चलचित्रले पनि दर्शकको मन जित्न सकेन । ऋचाले यो चलचित्र यसअघिको आफ्नो चलचित्र ‘सुनकेसरी’को ‘भर्पाइ’ भन्दै प्रचार गरेकी थिइन् ।

Global Ime bank

नेपाली हरर चलचित्रले अक्सर साउन्डमा मार खाने गरेको भन्दै प्रियंकाले ‘चि मुसी चि’को साउन्डले नै दर्शक तर्साउने बताउँदै आएकी थिइन् । तर, उनीहरूले गरेको दाबीमा दर्शकले विश्वास गरेनन् । दर्शक सिनेमा हेर्न हल गएनन् । त्यसो त जस्तोसुकै सिनेमा होस्, राम्रो भन्ने नेपाली कलाकारको बानी रहेकाले दर्शकले उनीहरूको भनाइमा विश्वास गर्न छाडिसकेका छन् ।

‘पैँचो तिर्ने’ परम्पराजस्तै बनिसकेको र यसबाट धोका पाइसकेका दर्शक अब कुनै कलाकारले चलचित्र राम्रो भनेर दाबी गरेकै भरमा हलसम्म जाने अवस्था नरहेको नवीन सुब्बाले बताउने गरेका छन् ।

बलिउडको यो संस्कृति नेपाली कलाकारले पनि पछ्याइरहेको र यो दर्शकका लागि धोका भएको उनी बताउँछन् । समग्रमा यो प्रवृत्तिले चलचित्र उद्योगलाई नै नोक्सान गर्ने उनको भनाइ छ । मेकरले सच्चिने अवसर नै नपाउने उनको तर्क छ ।

यसबीचमा थुप्रै नेपाली चलचित्र रिलिज भए । ‘हिजो आजका कुरा’, ‘डेसान’, ‘सोल अफ द कमाण्डो’, ‘मिलन’, ‘लक्का जवान’, ‘पासो’ आदि । तर, धेरैलाई यी चलचित्र कहिले आए कहिले गए पत्तै भएन । केहीले राम्रै पब्लिसिटी गरे पनि सफल भएनन् । केही भने बिनाप्रचार रिलिज भएका थिए ।

यही वर्ष रिलिज भएर औसत समीक्षा बटुलेका केही चलचित्र पनि खासै चलेनन् । ‘राधा’, ‘दोख’, ‘पानी फोटो’, ‘प्रकाश’, ‘चिसो मान्छे’, ‘ऐना झ्यालको पुतली’मध्ये केहीले औसत त केहीले राम्रो समीक्षा बटुले । यी सिनेमाले पनि अपेक्षित दर्शक बटुल्न सकेनन् ।

अघिल्ला वर्षहरूमा मुस्किले पाँच प्रतिशत चलचित्रले मात्र लगानी उठाउँथे । यो वर्ष लगानी उठाउने सिनेमाको संख्या प्रतिशतमा केही बढ्ने देखिए पनि अधिकांशले लगानी डुबाउने निश्चित प्रायः छ ।

केही चलचित्र प्रदर्शनको लाइनअपमा छन् । यही महिना रिलिज हुने केही चलचित्रले पनि राम्रै हाइप बनाएका छन् । पुस २९ गते रिलिज हुने ‘तिम्रो मेरो साथ’ र माघ २० गते रिलिज हुने ‘ह्यारी कि प्यारी’, फागुन ५ गते रिलिज हुने भनिएका कबड्डी फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’लगायत केही चलचित्रले राम्रै हाइप बनाइरहेका छन् । तर, हाइप बनाएक सबै चलचित्र चल्दैनन् भन्ने यसअघि नै प्रस्ट भइसकेको छ ।

हेमराज बिसीले निर्देशन गरिरहेको दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा–४’ र निगम श्रेष्ठ निर्देशित ‘छड्के–२’ पनि राम्रो हाइप बनाएका चलचित्र हुन् । तर, यी चलचित्रको बक्सअफिसमा ग्रस कलेक्सन कस्तो गर्नेछन् अहिले नै भन्न सकिने अवस्था छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC