site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘भस्मे डन’मा खगेन्द्र खेल्छन् कि होइन ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘भस्मे डन’ फागुन १२ गतेबाट छायांकन हुँदै छ । चलचित्र ‘पशुपतिप्रसाद’को मुख्य कलाकार मध्येको एक चरित्र भस्मे डनको कथामा चलचित्र निर्माण हुन लागेको हो ।  

चलचित्रमा ‘पशुपतिप्रसाद’को भस्मे डन अर्थात विपीन कार्की नै मुख्य कलाकारको रूपमा अनुबन्ध भइसकेका छन् । सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । सौगात सिनेमामा एन्टागोनिष्टको भूमिकामा हुनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्य कलाकारमा प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ फाइनल भइसकेका छन् । हिरोइनमा भने अहिलेसम्म निश्चित नभइसकेको निर्देशक खनालले जानकारी दिए । ‘पशुपतिप्रसाद’का मुख्य कलाकार अर्थात पशुपति यो चलचित्रमा रहने छन् वा छैनन् भन्ने प्रश्नमा निर्देशक खनाल भन्छन्, “उहाँको रोल यो चलचित्रमा अहिलेसम्म छैन । यद्यपि, स्क्रिप्ट रिराइटकै चरणमा छ ।”

‘पशुपतिप्रसाद’मा पशुपति मरेपछि सिनेमा सकिएको थियो । 

Global Ime bank

‘पशुपतिप्रसाद’मा विपीनले गरेको क्यारेक्टर लोकप्रिय भएको थियो । सोही भूमिकाबाट नेपाली रजतपटमा विपीनको उदय भएको थियो । अहिले उनी कमिर्सयल हुन् अथवा क्रिएटिभ दुवै फिल्मका रोजाइका अभिनेता हुन् । 

दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका छन् । निर्माता पनि खगेन्द्र स्वयं हुन् । 

फागुन १२ गतेबाट छायांकनमा जाने चलचित्र पशुपतिनाथको मन्दिर वरपर छायांकन हुनेछ । चलचित्र आउँदो दसैंमा रिलिज हुनेछ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC