site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नयाँ गठबन्धनसहित ‘मुन्द्रेको कमेडी क्लब’ आउँदै, को–को हुनेछन् कलाकार ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अधिकांश नयाँ कलाकारसहित हास्य कलाकार जितु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारणको तयारी गरेका छन् । माघको पहिलो हप्ताबाट कार्यक्रम प्रशारण हुनेछ । 

‘मुन्द्रेको कमेडी क्लब’मा कलाकारसहित अध्यक्ष पनि परिवर्तन हुनेछ । सुरुआती दिनमा अध्यक्ष रहेकी दीपाश्री निरौला र दोस्रो चरणमा अध्यक्षता गरेकी करिष्मा मानन्धर दुवै यो पटक हुने छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘मुन्द्रेको कमेडी क्लब’मा यो पटक दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, श्याम राना, दिनेश काफ्ले, प्रभात लामा र एलिना बास्कोटा समेटिएका छन् । 

श्याम राना महिलाको भेषमा देखिने जितुले स्पष्ट पारे । कार्यक्रमलाई दिनेश डिसीले निर्देशन गर्नेछन् । पुरानोभन्दा केही फरक रूपमा कार्यक्रम आउने उनले जानकारी दिए । 

Global Ime bank

‘मुन्द्रेको कमेडी क्लब’ले यसपटक गीत पनि तयार पारेको छ । गीतको बुधबार छायांकन गरिएको छ । “अहिले सेट डिजाइनको काम भइरहेको छ । सेट डिजाइनको काम सकिएपछि छायांकन सुरु हुनेछ,” जितुले भने । कुन टेलिभिजनबाट प्रसारण हुने त्यो भने निर्णय भइनसकेको उनले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC