site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
प्रयोगमा नरहेको सिमकार्ड अर्कोलाई नबेच्न सर्वोच्चको आदेश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रयोगमा नरहेका ‘सिमकार्ड’ अर्को व्यक्तिलाई बेच्नबाट सर्वोच्च अदालतले रोक लगाएको छ ।
 
कुनै व्यक्तिको नाममा जारी भएको सिम ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गरी खारेज भएको मितिबाट ६ महिना पछि पुनः वितरण गर्न मिल्ने दूरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशन तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गोपनीयताको हकका विषयलाई सम्बोधन गर्दै प्राधिकरणको सो निर्देशन तत्काल कार्यन्वन गर्न अन्तरिम आदेश जारी गरिएको हो ।

सपना भण्डारीले कुनै व्यक्तिको नाममा जारी गरिएको सिम प्रयोग नभएको ६ महिनामा खारेज गरी अर्को ६ महिनामा जुन कुनै व्यक्तिको नाममा जारी गर्दा, डाटा सेक्युरिटीमा समस्या आउन सक्ने र गोपनीयताको हकसमेत भङ्ग हुने भन्दै प्राधिकरणको निर्देशन खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC