site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘अन्तिम संस्कार’ फिल्मबारे विजय लामा भन्छन्– यो हाम्रो आफ्नो कथा हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्याप्टेन तथा अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ अहिले बजारमा आइरहेको भन्दा फरक सिनेमा रहेको बताएका छन् । निर्माता, निर्देशक एवं कलाकारहरूले समेत चुनौती मोलेर काम गरेका कारण उत्कृष्ट चलचित्र बनेको उनले बताए । 

आफूले हरेक चलचित्रमा केही फरक खोज्ने गरेको र ‘अन्तिम संस्कार’मा त्यो पाएपछि काम गरेको अभिनेता लामाले बताए । “कलाकार भएपछि केही फरक गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ”, उनले भने, “यो खालको चलचित्रमा काम गर्न जो–कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन् ।” निर्माताले पनि ठूलो चुनौती मोलेर चलचित्र निर्माण गरेको उनले बताएको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 
‘अन्तिम संस्कार’लाई प्रदीप शाहीले निर्देशन गरेका छन् । चलचित्रका लागि अभिनेता लामाले २० केजी तौल घटाएको स्मरण गरे । हिमाल पारीको जिल्ला मुस्ताङमा माइनस तापक्रममा चलचित्रको छायांकन गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अभिनेता लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ चलचित्र साइन गरेका थिए । सोहीकारण आफ्नो लागि यस चलचित्र भावनात्मक हिसाबले पनि विशेष रहेको उनको भनाइ छ । “मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनुभएको थियो । उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो,” उनले भने । 

चलचित्र विभिन्न अन्तरराष्ट्रिय अवार्डमा समेत जाने विश्वास अभिनेता लामाले लिएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC