site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २२ देखि २५ सम्म हुने
javascript:void(0);
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण–२०२३  जुन २२ देखि २५ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । 

वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरीबाट आवेदन खुला गरिएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र चलचित्रहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । वासिङ्टन डीसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरु प्रदर्शन हुनेछन् । स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिबल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हँुदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ । 
महोत्सवका निर्देशक युवाकर राजकर्णिकारका अनुसार अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । 

महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछन् । चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC