site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डा. केसीको ‘शून्यको मूल्य’ लोकार्पित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली क्षेत्रमा बालरोग विशेषज्ञका रूपमा कार्यरत चिकित्सक डा. नवराज केसीद्वारा लिखित सिर्जनात्मक गैरआख्यान ‘शून्यको मूल्य’ एक समारोहका बीच लोकार्पण भएको छ । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, डा. रिता थापा, डा. अरुणा उप्रेती, सुरक्षा पन्तका साथै लेखक स्वयंले कृति सार्वजनिक गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

विमोचनपछि लोकार्पित पुस्तकबारे पठन अनुभव सुनाउँदै डा. बाबुराम भट्टराईले पढ्न मनपराउने भन्दै आफ्नो रुचिको विषय गैरआख्यान भएको उल्लेख गरे । उनले आफूले पनि केही लेख्न चाहेको इच्छा व्यक्त गरे ।

“यो पुस्तक मार्मिक छ । यसमा कर्णाली क्षेत्रका विभिन्न पाटाहरू उल्लेख छन् । म पनि केही लेख्न चाहन्छु,” भट्टराईले भने, “मेरो पनि कृति आओस् भन्ने चाहना छ । चुनावी राजनीतिबाट अलग हुने एउटा कारण यो पनि हो । यद्यपि, लेखेर पुस्तकका रूपमा आउन समय लाग्छ होला ।”

Global Ime bank

डा. भट्टराईले पुस्तकभित्रका केही प्रसंग उल्लेख गर्दै कृतिबाट आफू प्रभावित भएको बताए । कार्यक्रममा डा. अरुणा उप्रेतीले पुस्तक पढेपछि आफूलाई ईष्र्या लागेको बताउँदै डा. केसीजस्तै आफूले किन लेख्न नसकेको होला भन्ने बताइन् । उनले यस कृतिको शीर्षक कर्णालीको कहाली राखेको भए पनि हुन्थ्यो भन्दै कर्णाली गरिब होइन, कर्णालीलाई गरिब बनाइएको तर्क गरिन् ।

लेखक डा. नवराज केसीले आफूले कर्णाली क्षेत्रमा काम गर्दा भोगेका विषयहरू नै पुस्तकमा आएको बताए ।

कार्यक्रममा डा. रिता थापा र सुरक्षा पन्तले पनि कृति पठनको अनुभव सुनाएका थिए । सास, साहस र स्नेहको कथा ‘शून्यको मूल्य’ साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC