site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुरभि साहित्य प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानले ‘गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार’बाट हरिहर खनाललाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस पुरस्कारकासाथ २५ हजार पाँच रुपैयाँ नगद राशि प्रदान गरिने जनाइएको छ ।

त्यस्तै ‘सुरभि–बाजुराम आख्यान साधना पुरस्कार’बाट आख्यानकार भाउपन्थीलाई पुरस्कृत गरिने भएको छ । उक्त पुरस्कारकासाथ २५ हजार पाँच रुपैयाँ नगद राशि प्रदान गरिनेछ । त्यसैगरी ‘सुरभि–अच्युतराम लघुकथा पुरस्कार’बाट डा. रवीन्द्र समीरलाई पुरस्कृत गरिँदै छ । पुरस्कारकासाथ १० हजार पाँच रुपैयाँ नगद राशि प्रदान गरिनेछ । १० हजार पाँच रुपैयाँ नगद राशिसहित ‘सुलेख आख्यान प्रतिभा पुरस्कार’ विश्व कुइकेललाई प्रदान गरिने जनाइएको छ ।

Agni Group

‘सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार’बाट रञ्जना पराजुलीलाई र ‘सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार’ लक्ष्मण खतिवडालाई नगद राशि जनही १० हजार पाँच रुपैयाँसहित प्रदान गरिने जनाइएको छ ।

घोषित पुरस्कारहरू आउँदो माघ २१ गते प्रतिष्ठानको वार्षिकोत्सवका दिन प्रदान गरिने जानकारी गराइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC