साहित्य
काठमाडौं । गजलकार शीतल कादम्बिनीको पहिलो उपन्यास ‘सिन्का पाउँरु’ लोकार्पण गरिएको छ । शुक्रबार गुरुङ समुदायको महान् पर्व तमू ल्होसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले गजलकार, कवि एवं गीतकार कादम्बिनीको पहिलो उपन्यास ‘सिन्का पाउँरु’को लोकार्पण गरेका हुन् ।
'सिन्का पाउँरु'ले लोकार्पणकै दिन यस वर्षको तमू वर्ष पुस्तकको पुरस्कार समेत प्राप्त गरेको छ । तमू ह्युल प्राज्ञिक समितिले तो ल्हाँ (बाघ वर्ग) मा प्रकाशित तमू स्रष्टाका १७३ पुस्तकहरूमध्येबाट कादम्बिनीको 'सिन्का पाउँरु'लाई २५ हजार राशिको ‘तमू वर्ष पुस्तक पुरस्कार' प्रदान गरेको हो ।
'सिन्का पाउँरु'मा गुरुङ समुदायमा हुने सम्बन्ध विच्छेदलाई दर्शाउन खोजिएको छ ।"
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ २१:१२
प्रतिक्रिया दिनुहोस्