site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जनमतद्वारा विभिन्न सम्मानको घोषणा
Sarbottam CementSarbottam Cement

काभ्रे । साहित्यिक वृत्तमा लामो समयदेखि क्रियाशील संस्था ‘जनमत वाङ्मय प्रतिष्ठान’ले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न सम्मानहरूको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष साहित्यकार मोहन दुवालद्वारा प्रेषित विज्ञप्तिअनुसार यस वर्ष २०७७ र २०७८ सालको ‘दीपा–जनमत सम्मान’ भगवती अर्याल पाण्डे (नवलपुर) र युवराज नयाँघरे (इलाम)लाई प्रदान गर्ने निर्णय गरेको छ । 

त्यस्तै ‘गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान’ श्रीओम श्रेष्ठ रोदन (ललितपुर) र अशेष मल्ल (धनकुटा)लाई, ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ रामकुमार पाँडे (ललितपुर) र पद्मावती सिंह (काठमाडौ)लाई, ‘जनमत–जनक प्रधान सेवा सम्मान’ सुरेश कसजू (सिन्धुपाल्चोक) र मणि लोहनी (नुवाकोट)लाई प्रदान गरिने निर्णय गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘केवलपुरे–जनमत सम्मान’ सुमित्रा सुमि (नुवाकोट) र जलेश्वरी श्रेष्ठ (काठमाडौं)लाई, ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ विक्रमश्री (मोरङ) र राजु तुलाधर (काठमाडौ)लाई, ‘कमला सैंजू–जनमत सम्मान’ डा. गीता त्रिपाठी (काभ्रे)  र तारा केसी (काभ्रे)लाई, ‘जनमत–राजभाइ सहयात्री सम्मान’ दिलसुन्दर श्रेष्ठ (काभ्रे) र हरिप्रसाद चौलागाई (काभ्रे)लाई, ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ सीता राई थुलुङ (खोटाङ) र बालिका गिरी (काठमाडौंं) लाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । 

प्रतिष्ठानले ‘जनमत–केदार/सुदर्शना बालसाहित्य सम्मान’ अनन्तप्रसाद वाग्ले (काभ्रे) र विजयराज आचार्य (प्युठान) लाई, ‘जनमत–सिचि धर्म/संस्कृति सम्मान’ शीला पन्त (काठमाडौं) र ऋषिकेशव कँडेल (रुपन्देही)लाई, ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ कृष्णप्रकाश श्रेष्ठ (मरणोपरान्त, काठमाडौं) र डा. गंगाप्रसाद अकेला (धनुषा) लाई तथा ‘जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान’ डा. रवीन्द्र समीर पाण्डे (गुल्मी) र योगेन्द्र प्रधानाङ्ग (भक्तपुर) लाई प्रदान गर्ने जनाएको छ । 

Global Ime bank

यसैगरी यसैवर्षदेखि प्रदान गरिनेगरी स्थापना भएको ‘जनमत–ज्ञानरत्न÷मंगलतारा राष्ट्रिय सम्मान’ टङ्कबबहादुर आलेमगर (उदयपुर) र ‘जनमत–पूर्णमान÷लुचि समाजसेवा सम्मान’ रुवि राजभण्डारी (बागलुङ) लाई प्रदान गरिनेछ ।  

जनमत वाङ्मय प्रतिष्ठान नेपालको ३९औं वार्षिकोत्सवका अवसरमा आउँदो चैत्र २५ गते बनेपामा आयोजना गरिने कार्यक्रममा घोषण गरिएका सम्मानहरू समर्पण गरिने विज्ञप्तिमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC