site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
जसको पस्मिना हलिउड अभिनेत्री एलिजावेथले लगाउँछिन् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली पस्मिना हलिउड नायिकाले लगाएको पाइएको छ । नेपाली पस्मिना फ्याक्ट्रीले उत्पादन गरेको पस्मिना हलिउड नायिका एलिजावेथ हर्लीले लगाएकी हुन् ।

एलिजावेथ सन् १९९० देखि २००० सम्मकी चर्चित नायिका हुन् । उनका थुप्रै चलचित्र लोकप्रिय छन् । रमेश अधिकारीको रीता इन्डस्ट्रिजले काठमाडौंमा उत्पादन गरेर अमेरिका निर्यात गरेको पस्मिनाको सल एलिजावेथले पहिरिने गरेकी हुन् ।

“मेरो अमेरिकन क्लाइन्टले केही वर्ष अगाडि पनि विभिन्न सेलिब्रिटीले तिम्रोबाट ल्याएको पस्मिना लगाएका छन् भन्थ्यो । अहिले फेरि एक महिना अगाडि एलिजावेथको इन्स्टाको लिन्क नै पठाइदियो, जहाँ मेरो कम्पनीको पस्मिना उसले लगाएको देखिन्छ,” रमेश भन्छन्, “हामीले आफ्नै सामानको ब्रान्डिङ गर्न सकिरहेका छैनौँ । तर, हामीले हाम्रो देशको उत्पादन हो भनेर विश्वभर ब्रान्डिङ गर्न सक्ने हो भने व्यक्तिसँगै देशलाई नै फाइदा हुने थियो ।”

Prabhu Bank
Agni Group
NIC Asia

करिब तीन दशकदेखि रमेशले काठमाडौंमा पस्मिना फ्याक्ट्री सञ्चालन गर्दै आएका छन् । उनले काठमाडौंमा उत्पादन गरेको पस्मिना अमेरिकासँगै युरोपका विभिन्न देशमा निर्यात गर्दै आएका छन् । पस्मिनासँगै रमेशले गलबन्दी, स्वेटर, टोपी, पञ्जालगायत पहिरन उत्पादन गर्दै आएका छन् । यसका अलावा उनको फ्याक्ट्रीले गलैँचा समेत उत्पादन गर्छ ।

नेपालमा कम्तीमा आठ हजार रुपैयाँदेखि पाइने पस्मिनाको एउटा सल अमेरिका तथा युरोपमा पुग्दा कम्पनीको लेवलअनुसार मूल्य निर्धारण हुन्छ । ब्रान्डेड कम्पनीले लेवल लगाए मूल्य उच्च हुन्छ । सामान्य कम्पनीले लेवल लगाए मूल्य केही कम हुन्छ । न्यूनतम मूल्य पनि ३० हजारमाथि हुने गरेको उनी बताउँछन् ।

Global Ime bank

“हामीले हाम्रो लोगो विश्वभर चलाउन सके राम्रो मूल्य पाउन सकिन्थ्यो । तर, नेपाली ब्रान्ड वर्ल्र्डवाइड ब्रान्डेड नभएकाले मूल्य पाउन सकेको छैन,” रीता इन्ड्रस्टिजका सञ्चालक समेत रहेका रमेश भन्छन्, “मेरो फ्याक्ट्रीबाट करिब २० वटा क्लाइन्टले अमेरिका र युरोप पस्मिना लैजान्छन् ।” अमेरिकाभन्दा पनि युरोप आफ्नो पस्मिनाको मुख्य बजार रहेको उनी बताउँछन् ।

वार्षिक १० करोडसम्मको पस्मिना निर्यात गर्ने गरेको र रीता इन्डस्ट्रिजका पस्मिना र गलैँचा उद्योगमा ६०० जनासम्मलाई रोजगारी दिइएको उनको भनाइ छ ।

आफ्नो फ्याक्ट्रीमा रीता इन्डस्ट्रीका चेयरमेन रमेश अधिकारी । 


कोभिड–१९ को प्रभावका कारण अहिले भने सो संख्यामा केही कटौती गरिएको उनी बताउँछन् । “तर, विस्तारै रिकभर हुँदै छ । चाँडै नै हामी पहिलाकै अवस्थामा फर्कने कोसिसमा छौँ ।”

नेपालमा कतिपयले पस्मिना भनेर धागो मिसाएर बेचिरहेको उनको गुनासो छ । यसलाई ‘कन्ट्रोल’ गर्ने संयन्त्र आवश्यक रहेकोमा उनको जोड छ ।

“हाम्रोमा धेरैले पियोर पस्मिना भनेर त्यसको मूल्यमा धागो मिसाएर बेचिरहेका छन् । शुद्ध पस्मिना हो÷होइन भनेर छुट्ट्याउन सरकारले ल्याबमा टेस्ट गर्नुपर्छ,” रमेश भन्छन्, “हाम्रो पस्मिना बिनापब्लिसिटी हलिउडका सेलिब्रिटीले लगाइरहेका छन् । पब्लिसिटी गर्‍यो भने यसको बजार थप विस्तार गर्न सकिन्छ ।”

नेपालमा डलर भित्र्याउने राम्रो माध्यम पस्मिना हुन सक्ने भन्दै उनी यसमा राज्यको ध्यान खिचिनुपर्नेमा जोड दिन्छन् ।

बेलायती अभिनेत्री तथा मोडल हर्ली चलचित्रमा निभाएको आफ्नो भूमिका र फेसनका कारण सधैँ चर्चामा रहन्छिन् । उनले सन् १९९२ मा ठूलो लगानीको चलचित्र ‘प्यासेन्जर ५७’ मा अभिनय गरेकी थिइन् । हर्लीले टेलिभिजनमा ‘द रोयल्स’ सिरिजमा समेत काम गरेकी छन् ।

सन् १९९४ मा भर्साक्चे गाउनमा सुनको सेफ्टी पिन लगाएर फिल्म प्रिमियरमा जाँदा उनी मिडियामा छाएकी थिइन् । उनको सो पहिरनबारे अझै पनि चर्चा हुने गर्छ । फेसन मन पराउने हर्ली नेपालमा बनेको पस्मिना सलको पनि उत्तिकै सौखिन हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC