site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महफिलमा गालिबको सम्झना 
Ghorahi CementGhorahi Cement

भक्तपुर । उर्दू भाषाका महान गजलकार मिर्जा बेग असदूल्लाह खान (मिर्जा गालिब)को जन्मजयन्तीको अवसर पारेर ‘महफिल–ए–काव्य उपासना’ले विशेष महफिल सम्पन्न गरेको छ । गालिबको जन्म सन् १७९६ डिसेम्बर २७ तारिखका दिन भएको हो ।

बुधबार भक्तपुर कौशलटारस्थित रिडर्सहवको संयोजनमा सम्पन्न गालिब जयन्तीमा उपस्थित कवि तथा गजलकारहरूले उर्दूका कवि तथा गजलकार गालिबको सम्झना गर्दै गजल वाचन गरे । विगत ११ वर्षदेखि महफिलले गालिबको सम्झना गर्दै आएको छ ।

Agni Group

महफिलका संयोजक गजलकार प्रा.डा. सनतकुमार वस्तीले गालिबको अर्थ विजेता भएको अथ्र्याउँदै गालिबको काव्यले सधैँ सबैको मन जितेको बताए । उनले गजलको चर्चा चल्नासाथ तिनले गालिबलाई सम्झिने बताए । उनले गालिबको गजलका केही शेरहरू गुनगुनाएका थिए ।

नेपाल उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफाले गालिबका गजलकारिताबारे चर्चा गरे । उनले गालिबका बारेमा बोल्नु सूर्यका अगाडि दियो बाल्नु भएको बताउँदै उनलाई आफ्नो लेखन क्षमता थाहा रहेको बताए । उनको गजलमा जिन्दगीका दर्शन अथाह पाइने उनले उल्लेख गरे । 

Global Ime bank

वफाले भने, “गालिब ठूलो परिवारका व्यक्ति भए पनि उनले जीवनमा अधिक आर्थिक तङ्गी व्यहोर्नु पर्यो । जुन उनको गजलका शेरहरूबाटै हामीले थाहा पाउँछौँ ।” उनले थपे “गालिबमा तत्काल गजल रचना गर्ने असीमित क्षमता थियो । उनले बहादुर शाह जफरको दरबारमा सम्पन्न मुसायरामा गजल वाचन गर्दा हेर्दै गरेको कागज त्यहीँ छोडिदिए । पछि जब अरूले त्यो कागज पल्टाएर हेरे, त्यसमा केही लेखिएको थिएन । त्यसैबाट गालिबको क्षमता प्रकट हुन्छ ।”
साहित्यकार तथा सिनेकर्मी प्रकाश सायमीले गालिबले प्रारम्भमा पर्सियन भाषामा कविता र गजल लेखेको भन्दै पछि उनले उर्दू भाषामा गजल लेख्न सुरु गरेको बताए । उनले गालिबको युगमा गजलकारहरूबीच प्रतिश्पर्धा रहेको उल्लेख गरे । 

महफिलमा कैलाशसिंह ठकुरी, करुण थापा, शान्ति शर्मा, रवि प्राञ्जल, रमेश रसिक पौडेल, जीत कार्की, मानन्धर अभागीलगायतले गजल वाचन गरे ।

उक्तअवसरमा शास्त्रीय गायक मनमोहन थपलिया र सुशीलकुमार श्रेष्ठले गालिबको गजलसहित अन्य गजलहरू गाएर सुनाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC