site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
स्वास्थ्य बिमा रकम प्राप्त गर्ने पहिलो कलाकार बने रामचन्द्र अधिकारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बिमाको सुविधा लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बिमा कम्पनीले उपलब्ध गराएको ४६ हजार ६०० रुपैयाँ बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गरे । 

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरुलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बिमाको कार्यक्रम ल्याइएको थियो । यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १०२ जना चलचित्रकर्मीमध्ये ९८ जनाको बिमा गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

चालु बिमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ सम्म जम्मा एक लाख  प्राप्त गर्न सकिन्छ । 

बोर्ड अध्यक्ष भुवन केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भए पनि यो एउटा सुरुवात भएको बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC