site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कविता भूपीका : आवाज विभिन्न कविका   
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकप्रिय कवि भूपी शेरचनका कविताहरू विभिन्न कविका आवाजमा स्वराङ्कन गरी म्युजिक नेपालले तयार पारेको ‘काव्याञ्जली’ एक समारोहकाबीच सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघको सहकार्यमा म्युजिक नेपालले उक्त सीडी सार्वजनिक गरेको हो । 

कवि शेरचनका ११ वटा चर्चित कविता १२ विभिन्न कविले वाचन गरेका छन् । कवि भूपी शेरचनको ८८ औँ जन्मजयन्तीकाअवसरमा गीतकार तथा पूर्वमन्त्री शंकर कोइराला, कवि भूपी शेरचनकी धर्मपत्नी कान्ति शेरचन, अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, राधेश्याम लेकाली र सन्तोष शर्माले सीडी सार्वजनिक गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक कविता सीडीमा कवि शेरचनद्वारा रचना गरिएका ११ कविता कविहरू तुलसी दिवस, कृष्णभूषण बल, नरेन्द्रबहादुर श्रेष्ठ, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, राधेश्याम लेकाली, नवराज कार्की, कोमल वली, सीता पाण्डे, मोमिला जोशी, बाबा बस्नेत, र सन्ध्या पहाडीको आवाजमा वाचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोइरालाले भूपिकै कविता पढेर आफू र आफ्नो पुस्ताले कविता र गीत लेख्न थालेको स्मरण गरे । साहित्यकार अशेष मल्लले काठमाडौंमा छात्रको रूपमा रहेका युवा पुस्ताका लेखकहरूले कविद्वय भूपी शेरचन र वासुशशीबाट पाएको स्नेह, सहयोग र प्रेरणाको चर्चा गरे । 

Global Ime bank

कार्यक्रममा विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, कान्ति शेरचन, सन्तोष शर्मा, राधेश्याम लेकालीले भूपीका बारेमा बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC